प्रचण्ड नेतृत्वको सरकारलेनै स्थानीय तह र निकायको निर्वाचन गराउने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताएका छन् । 


नेपाली काँग्रेस "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  प्रचण्ड नेतृत्वको सरकारलेनै स्थानीय तह र निकायको निर्वाचन गराउने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताएका छन् । 


नेपाली काँग्रेस "/>

2026-07-24 07:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चुनाव यहि सरकारले गराउँछ–उद्योगमन्त्री जोशी

 प्रचण्ड नेतृत्वको सरकारलेनै स्थानीय तह र निकायको निर्वाचन गराउने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताएका छन् । 


नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारलेनै चुनाव गराउने उनले ठोकुवा गरे । उनले यहि सरकारले निर्वाचन गराउने भन्दै यसमा सवै ढुक्क हुनको लागि आग्रह समेत गरे । 


सरकारले स्थानीय तहको निर्वाचनको लागि आवश्यक प्रक्रिया थालिसकेको र अब चाँडैनै मिति घोषणा हुने समेत उनले बताए तर कहिलसम्म चुनावको मिति घोषणा हुन्छ भन्ने बारेमा उनले केहि खोल्न भने चाहेनन् । अल्लो दिवसको दिनमा पर्वतको शालिजामा पुगेका उद्योग मन्त्रीले मुलुक समृद्ध बन्न हरेक नागरिक उद्यमी हुनुपर्ने बताए ।


उनले शालिजामा रहेको हम्पाल सामुदायिक अल्लो प्रशोधनकेन्द्रको लागि अल्लो दिवसको दिनमा ९ लाख बराबरको चार वटा आधुनिक मेशिन हस्तान्तरण गर्दै उक्त कुरा बताएका हुन् ।


कार्यक्रमको उद्घाटन गर्दै हरेक मन्त्री जोशीले हरेक वर्ष पाँच लाख नेपाली युवा रोजगारीका लागि अर्काको देशमा जाने गरेकाले अबको १० बर्षभित्र  कोही पनि नेपाली कामका लागि विदेशमा जान नपर्ने गरी स्वदेशमै उद्योगधन्दा खोल्नेतर्पm लाग्नुपर्नेमा जोड दिए ।

उनले केही वर्षदेखि बन्द नेपाल औषधि लिमिटेड कम्पनी सञ्चालन भइसकेको र हेटौँडा कपडा उद्योग पनि छिट्टै सञ्चालन गरी नेपाली सेना, नेपा प्रहरी, राष्टूसेवक कर्मचारी, शिक्षकशिक्षिका र विद्यार्थीले लगाउने कपडा उत्पादन गर्नेतर्पm सरकारको सोचाइ रहेको जानकारी गराए । 


राजनीतिक परिर्वतनले एउटा चरण पार गरिसकेको हुनाले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डो¥हयाउन हरेक व्यक्ति उद्यमी बन्न सिकाउनुपर्ने उनको जोड थियो । नेपालमा अल्लोको राम्रो सम्भाबना रहेको भन्दै उनले नेपालका हरेक नागरिकलार्ई उद्यमी बनाउनुपर्ने अहिलेको आबश्यकता रहेको औलाए । नेपालका ३३ जिल्लामा अल्लोको सम्भाबना रहेको र तिनलाई उद्योगको रुपमा अगाडि बढाउनुपर्ने उनको भनाई थियो । 


लघुउद्यमीको स्तरोन्ती हुन सके देशमा बेरोजगारी हटेर जानेर सवैको हातमा शीप हुने उनको भनाई थियो ।


उनले सरकारले देशलाई आर्थिक क्रान्तितर्फ उन्मुख गराउनको लागि औधोगिक    वातावरण बनाउनको लागि तयारी गरिरहेको बताए । मन्त्री जोशीले नेपालमा अल्लोको राम्रो सम्भावना देखेर ११ वटा जिल्लामा आधुनिक मेशिन हस्तान्तरण  गरेको बताए । उनले नयाँ प्रविधिबाट स्थानीय स्तरमा पाइने अल्लो प्रजातिका विरुवाबाट राम्रो कपडा निर्माण हुने र त्यसको बजारिकरण गर्न सकेमा देशमानै रोजगारको बाटो पहिलिने बताए । 


अल्लोको सम्भावना नेपालमा रहेकोले आफूले ३ महिना भित्र ११ जिल्लामा २२ बटा मेशिन हस्तान्तरण गर्ने योजना समेत बनाएको उनले बताए ।


नेपालका अधिकांश ठाउँहरुका नागरीकहरुले अल्लोको सम्भाबना नदेखेको र तिनीहरुलाई अल्लोको महत्ब बुझाउन सकेमा मुलुकमा उद्योग क्षेत्रमा कायपलट समेत आउन सक्ने बताए । कार्यक्रममा उद्योग राज्य मन्त्री कन्चन कुमार बाधे, सांसद अर्जुनप्रसाद जोशी, कल्पना चापागाई, लगायतले बोलका थिए । 

सोही अबसरमा स्थानीय लघुउद्यमीले मन्त्री लगायतका अतिथिलाई स्थानीय अल्लोबाट उत्पादन भएको टोपी उपहार समेत दिएका थिए ।

२२ जिल्लामा अल्लो प्रशोधन मेसिन जडान गरिदै उद्योग मन्त्रालयले स्थानिय क्षेत्रमै अल्लो प्रशोधन गर्न २२ जिल्लामा मेसिन जडान गर्ने भएको छ । अल्लो प्रशोधन जडान गर्ने ११ जिल्लाको टुङ्गो लगाइसकेको छ भने ११ जिल्ला छनौटका क्रममा छन् । मन्त्रालयका अनुसार डडेलधुरा, दार्चुला, कालिकोट, रोल्पा, पर्वत, दाङ, रोल्पा, सोलुखुम्बु, संखुवासभा र सुर्खेतमा अल्लो प्रशोधन मेसीन जडान गर्न लागिएको छ ।यस्तो मेसिन एउटाको ९ लाख पर्छ । यसअघि ३० लाख खर्च लाग्ने बताइएको थियो ।


नेपाली इन्जिनियरहरुले नै अल्लो प्रशोधन मेसिन बनाएकाले लागत खर्च ९ लाखमा झरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा उद्योग मन्त्री नगेन्द्रराज जोशीले भने, ‘नेपाली इन्जिनियरहरुले नै अल्लो प्रशोधन मेसिन बनाएका छन्, जसका कारण हामीले ९ लाखको हाराहारीमा मेसीन जडान गर्ने भएका छौं ।’ अल्लोबाट उत्पादित कपडा तथा धागोका साथै गलैंचा विदेशमा निर्यात हुँदै आएको छ  अल्लोबाट उत्पादित कपडाहरु अमेरिका, जर्मनी, बेल्जीयम, जापान, अष्ट्रेलिया र स्वीजरल्याडमा निर्यात हुने गरेको      छ । पर्वतमा भने उक्त मेशिन हस्तान्तरण भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक