दिनेश ठकुल्ला | फागुन २,  धनगढी । धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखाबाट गायब भएको घटनामा प्रहरीले रकमसहित संलग्नलाई पक्राउ गरेको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला | फागुन २,  धनगढी । धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखाबाट गायब भएको घटनामा प्रहरीले रकमसहित संलग्नलाई पक्राउ गरेको छ ।

"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनगढीको बैंकबाट पैसा चोर्ने बैंककै कर्मचारी पक्राउ

२ फाल्गुन २०७३, सोमबार १६:५७

दिनेश ठकुल्ला | फागुन २,  धनगढी । धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखाबाट गायब भएको घटनामा प्रहरीले रकमसहित संलग्नलाई पक्राउ गरेको छ ।

बैंकमा ‘टेलर’ पदमा कार्यरत गोविन्द उपाध्यायले रकम गायब पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले दुई ठाउँबाट गरि गायब पारिएको रकम समेत बरामद गरेको छ । शुक्रबार बेलुकी इन्भेष्टमेण्ट बैंकको एटीएमबाट २३ लाख ४४ हजार रुपैया गायब पारिएको थियो ।

संलग्न उपाध्यायलाई जिल्ला प्रहरी कार्यालयले आज रकमसहित सार्वजनिक गरेको छ । प्रहरीका अनुसार शुक्रबार बैंक बन्द हुने बेला उपाध्याय बैंकको स्टोर रुममा अन्य कर्मचारीले थाहा नपाउने गरि लुकेर बसेका थिए । सबै कर्मचारी निस्केपछि सुरक्षा गार्डले बाहिरबाट ढोका लगाए तर उपाध्याय भित्रै लुकेर बसे । ६ बजेर १ मिनेट जाँदा सीसी क्यामेरा बन्द गरेर उपाध्यायले एटीएमबाट रकम झिकेका खुलेको प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढामगरले बताउनुभयो ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दल अत्तरिया नगरपालिका–१०, स्थित लिला जोशीको घरको आगनमा रहेको परालमुनि लुकाएर राखेको अवस्थामा २२ लाख ७० हजार रुपैया र धनगढी–४, ओमशान्ति टोलस्थित चोरीमा संलग्न उपाध्यायको घरको कोठाबाट ७४ हजार रुपैया बरामद गरिएको बताउनुभयो । अहिलेसम्मको अनुसन्धानले रकम चोरीमा सो बैंकका अन्य कर्मचारीको संलग्नता नदेखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उपाध्यायमाथि चोरी र बैंकिड्ड कसुर अन्तरगत मुद्धा लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी करारमा कार्यरत कर्मचारी रहेका बताइएको छ । बैंकबाट रकम गायब भएको जानकारी पाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति पाण्डेयसहित बैंकका अधिकारी शनिबार हेलिकप्टर चार्टर गरेर धनगढी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन