पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ३, कैलाली । कैलाली र कञ्चनपुरका सीमा नाका भारतले ४८ घन्टाका लागि बन्द गरेको छ ।

भारतको उत्तराखण्डमा फागुन ४ गतेदेखि हुने विधान सभाको निर्वाचनलाई लक्षित गरेर नेपालसँग सीमाना जोडिएका कैलाली, कञ्चनपुरका नाका हिजो बेलुकी ५ बजेदेखि फागुन ४ गतेसम्मका लागि बन्द गरेको कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिनुभएको छ ।

विधानसभाको निर्वाचनलाई लक्षित गर्दै भारतीय पक्षले सीमा नाकामा उच्च सतर्कता बढाएको उपरीक्षक चन्दले बताउनुभएको छ ।

उत्तराखण्ड राज्यमा पनि एकै दिन विधानसभा चुनाव परेकोले बैतडी र दार्चुलाका सीमा नाका पनि यसअघि बन्द भइसकेका छन् । भारतले निर्वाचनका लागि सुरक्षा संवेदनशीलता देखाउँदै सीमा नाका बन्द गरेको हो । रासस