पढ्न करिब 1 मिनेट लाग्छ

ललित बोहरा/फागुन ३, डडेल्धुरा । सुदुरपश्चिमकै पहिलो त्रिभुवन विश्वविद्यालयको आगिंक क्यम्पसको रुपमा स्थापना भएको डडेल्धुरा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ ।

डडेल्धुरा बहुमुखी क्याम्पसका कार्यालय प्रमुख गगांदत्त उप्रेतीले सुचना जारी गर्दै अर्को सुचना प्रकाशन नहुन्जेल सम्मका लागि निर्वाचन प्रक्रिया २०७३ का सम्पुर्ण बाकिँ कार्यक्रमहरु अगाडी बढाउन नसकिने व्यहोराको सुचना प्रकाशित गरि स्थगित भएको जनाएको छ ।

स्ववियु निर्वाचन समितिको २०७३ फागुन २ गतेको पत्रलाई उल्लेख गर्दै निर्वाचनका गतिविधीहरु स्थगित गरिएको एक सुचना मार्फत सार्वजनिक गरिएको क्याम्पस प्रमुख उप्रेतीले जानकारी दिनु भएको छ ।

अन्तीम नामावली प्रकाशन गर्ने समयमा निर्वाचनका गतिविधि स्थगित हुनुले सम्पुर्ण विधार्थीको भावना माथि खेलवाड गरिएको विधार्थी नेताहरुको भनाई छ । अन्तिम समयमा आएर स्ववियु स्थगित हुनुले विधार्थीहरु अन्यौल मा परेका छन ।

आज सार्वजनिक गरिएको सुचना अनुसार अर्को सुचना जारि नहुन्जेल सम्मका लागि सम्पुर्ण गतिविधिहरु बन्द गरिएको बहुमुखी क्याम्पस डडेल्धुराले जनाएको छ । बिभिन्न कारणहरुले स्ववियु निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत टेकराज पनेरुले जानकारी दिनु भयो।