प्रज्वल पौडेल/फागुन ४, काठमाडौ । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सत्ता गठबन्धन अनेक बहाना बनाउदै निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको बताएकी छिन । नेकपा एमाले तथा प्रेस चौतारी नेपालद्वारा बुधबार ललितपुरमा आयोजित प्रदेश नं ३ स्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी छन् ।
प्रदेश नं ३ का सयोजक समेत रहेकी शाक्यले अहिले मुलुकमा सबै तहको निर्वाचन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताइन ।
उनले सत्तामा बस्ने जिम्मेवारी व्यक्ति देश, जनता, लोकतन्त्र, गणतन्त्रप्रति प्रतिबद्ध हुन नसकेको धारणा राखिन् ।
उनले संविधान कार्यान्वयन,संघिय लोककतान्त्रिक गणतन्त्रप्रति एमाले चिन्तित बनेको स्पष्ट पारिन ।
दक्षिणको मुख हेरेर विकास नहुने बताउदै शाक्यले स्वयम् आत्मनिर्भर, स्वतन्त्र र स्वाभिमान बनेर राष्ट्र बनाउन लाग्नुपर्ने धारणा राखिन् ।
यस्तै एमाले सचिव योगेश भट्टराईले पछिल्लो समय राज्यको अंग माथि हस्तक्षेप हुने क्रम बढ्न थालेको बताए । उनले प्रहरी जस्तो संवेदनशील क्षेत्रमा हस्तक्षेप गरेर मनोबल गिराउने काम गरेको धारणा राखे ।
उनले भने-"अहिले आफु अनुकूल अदालतले फैसला नगरेको भन्दै प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ भनेर काग्रेस छलफल चलाउन थालेको छ, अब अहिलेसम्म विवादित नरहेको लोक सेवा योगमा पनि हस्तक्षेप गर्न लागेको छन ।"
उनले काँग्रेसको कमजोरीपनका कारण छिमेकि सल्बलाएको र देश अस्थिरतातर्फ धकेल्ने काम भएको बताए । भट्टराईले देश टुक्याउने भाषण गर्दै हिड्ने सिके राउतलाई सरकारले नै संरक्षण गरेको आरोप लगाए । सरकारले समयमा नै निर्वाचनको मिति घोषण गर्नुपर्ने नत्र सरकारमा बसिरहनुको औचित्य नभएको स्पष्ट पारे ।