फागुन ५, नवलपरासी । नेपाल र भारतबीच गण्डक सम्झौता भए पनि सम्झौताअनुसार भारतले काम नगर्दा नेपाली समुदाय प्रभावित भएका छन् । 

सम्झौताको धारा २("/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ५, नवलपरासी । नेपाल र भारतबीच गण्डक सम्झौता भए पनि सम्झौताअनुसार भारतले काम नगर्दा नेपाली समुदाय प्रभावित भएका छन् । 

सम्झौताको धारा २("/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डक सम्झौताबाट नेपाली समुदाय प्रभावित: नेपाली पक्ष किन मौन ?

२०७३, ५ फाल्गुन बिहीबार ०८:५७


फागुन ५, नवलपरासी । नेपाल र भारतबीच गण्डक सम्झौता भए पनि सम्झौताअनुसार भारतले काम नगर्दा नेपाली समुदाय प्रभावित भएका छन् । 

सम्झौताको धारा २(२) अनुसार भारतीय पक्षले काम नगर्दा गण्डक क्षेत्रमा प्रतिवर्ष हँुदै गरेको बाढी, डुबान, कटान र चुहानले गण्डक आसपासका बासिन्दालाई असर परेको हो । 

सम्झौता अनुसार नेपाली पक्षले लाभ लिन नसकेको र पानीको बाँडफाँड सन्तुलित नहुनुका साथै भारतले सम्झौता कार्यान्वयनमा उदासीनता देखाएको गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले जानकारी दिनुभयो । 

सम्झौताअनुसार भारतीय पक्षले करिब १५ वर्षको बाली नालीको क्षतिपूर्ति उपलब्ध गराउन र २०६५ सालमा पुनः गण्डक पीडित र भारतीय प्रतिनिधिमण्डलबीच भएको २१ बुँदे सहमतिअनुसार काम नगर्दा नेपाली पक्ष पीडित बन्न पुगेका हुन् । 

जलस्रोतको उपयोग गरी दुवै देशका नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले विसं २०१६ मा गण्डक सम्झौता पछि गण्डक क्षेत्रमा पर्ने विभिन्न १४ वटा गाविसका पीडित नवलपरासीका किसानले गण्डक नदी नियन्त्रण सङ्घर्ष समिति गठन गरेका थिए । 

सम्झौताबमोजिम निर्माण भएका भौतिक संरचनाको कारणले गर्दा र निर्मित संरचना जीर्ण भएकाले उत्पन्न बाढी, डुबान, कटान, पटान, चुहान, दलदलीकरण, लामखुट्टे र सर्पदंशको बिगबिगी र विभिन्न प्रकारका महामारीको सामना गर्नु परेकाले समस्या समाधानका लागि नेपाल सरकार र भारत सरकारका विभिन्न सरोकारवाला निकायमा पटकपटक अनुरोध, पत्राचार र ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाइ नभएको समितिका सचिव दूधनाथ गुप्ताले जानकारी दिनुभयो । 

गण्डक पीडितले समस्या समाधानका लागि भारतीय पक्ष मौन बसेकाले बाध्य भई २०६५ सालमा ३४ दिन नारायणी नदीमै बसेर आन्दोलन गरेपछि भारतको विहार र उत्तर प्रदेशका जल संसाधन मन्त्रालय उच्च पदस्थ अधिकारीबीच २१ बुँदे सहमति भएको थियो । 

सहमतिपश्चात् भारतले एक अर्ब ७१ करोड भारुको नेपाल हितकारी योजना बनाई काम सुरु गरे पनि अझै केही काम अँधुरै छ । सहमतिका सबै काम अझै पनि समेट्न सकेको छैन । 

सहमति अनुसारका बाँकी काम र १४ नं बँुदा अनुसार क्षतिपूर्ति तथा १८ नं बुँदामा भएको उच्च शिक्षाको लागि छात्रवृद्धि प्रदान गरी यस क्षेत्रका विद्यार्थीका लागि उच्च शिक्षा दलाउने काम कार्यान्वयन नभएको गण्डक अगुवा प्रेमचन्द्र गुप्ताले बताउनुभयो । 

यसरी आफ्ना माग पूरा नभएपछि नेपाली गण्डक पीडित टोली २०१६ अक्टुबर १६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जल संशाधन मन्त्रीलाई पनि क्षतिपूर्ति उपलब्ध गराउन पत्र बुझाएको थियो । 

भारतका प्रधानमन्त्रीको कार्यालयले जल संसाधन मन्त्रालयदलाई सो पत्रको कारबाहीको लागि पठाइएपछि मन्त्रालयले पटनास्थित गङ्गा बाध नियन्त्रण आयोगको प्रतिक्रिया लिएको जानकारी पत्र २२ डिसेम्बर २०१६ मा गण्डक सङ्घर्ष समितिलाई दिएकाले गण्डक पीडितमा क्षतिपूर्ति पाउने झिनो आशा थियो तर कार्यान्वयनमा चासो नदेखाएकाले तुषारापात लागेकाले उनीहरुले सङ्घर्ष गर्दै आएका हुन् । 

सम्झौताअनुसार नेपाली पक्षलाई भारतले गर्नुपर्ने व्यवहार नगरेकाले सम्झौता पुनरावलोकन गर्नुपर्ने नवलपरासी निर्वाचन क्षेत्र नं ४ का सांसद विक्रम खनालको भनाइ छ । 

यसैगरी सन् २०१६ फेब्रुअरी ८ र ९ तारिखमा पटनामा नेपाल र भारतीय अधिकारीबीच भएको बैठकले सिँचाइका लागि नेपालतर्फ थप १०० क्युसेक पानी दिने निर्णय गरे पनि त्यसको पनि कार्यान्वयन भएको छैन । 

सम्झौतामाअनुसार भारतीय नहरमा एक हजार ८०० क्युसेक र नेपाली नहरमा ३०० क्युसेक मात्र छ जुन निकै विभेदपूर्ण छ । अझ गण्डक क्षेत्रमा भारतीय पक्षद्वारा हुने निर्माण र मर्मत सम्भारका काम गुणस्तरहीन भएको सांसद देवकरणप्रसाद कलवारको भनाइ छ । 

गण्डक सम्झौताअनुसार सबै काम प्याकेजमा गराउन तथा गण्डक क्षेत्रका १३ गाविसको आठ हजार ४६४ घरधुरीको विस २०५० सालदेखि २०६४ सालसम्म जम्मा १५ वर्षको क्षतिपूर्ति गण्डक पीडितलाई दिलाउनका लागि नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा गण्डक अभियान्ता बद्री सुवेदी जोड दिनुहुन्छ । 

यसरी आफ्ना माग भारतीय पक्षसँग पटकपटक राख्दा पनि भारतीय पक्षले बेवास्ता गरेकाले आगामी जेठमहिनासम्म क्षतिपूर्ति प्राप्त नभए र संझौता बमोजिम काम नभए पुनः आन्दोलनमा उत्रिन बाध्य हुने पीडितको भनाइ छ । 

गण्डक क्षेत्रअन्तर्गत पर्ने ४० हजार हेक्टर क्षेत्रफल सिञ्चित हुनुपर्ने सम्झौतामा रहे पनि भारतले निर्माण गरेको सरंचनाअनुसार अहिले २५ हजार हेक्टर क्षेत्रफल मात्र सिञ्चित भइरहेको उनीहरुको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी