फागुन ६, काठमाडौँ | पशुपति क्षेत्रलाई पर्यटकीय एवम् धार्मिकस्थलका रुपमा विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न चौथो बृहत् गुरुयोजना निर्माण गरिने भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, काठमाडौँ | पशुपति क्षेत्रलाई पर्यटकीय एवम् धार्मिकस्थलका रुपमा विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न चौथो बृहत् गुरुयोजना निर्माण गरिने भएको छ । 
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पशुपतिक्षेत्रको चौथो बृहत् गुरुयोजना निर्माण गरिने

२०७३, ६ फाल्गुन शुक्रबार ०५:३२

फागुन ६, काठमाडौँ | पशुपति क्षेत्रलाई पर्यटकीय एवम् धार्मिकस्थलका रुपमा विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न चौथो बृहत् गुरुयोजना निर्माण गरिने भएको छ । 

यसअघि निर्माण भएका तीनवटा गुरुयोजनाले पशुपति क्षेत्रमा खुलास्थल वृद्धि गरेकाले ती ठाउँमा के कस्ता संरचना निर्माण गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्न चौथो बृहत् गुरुयोजना निर्माण गर्न लागिएको बिहीबार आयोजित कार्यक्रममा जानकारी गराइयो । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष जीवनबहादुर शाहीले पशुपतिलाई खुला सङ्ग्रहालयका रुपमा विकास गरिनुपर्ने बताउनुभयो । 

“पशुपति क्षेत्रलाई अध्ययनस्थल एवम् पावनस्थलका रुपमा विकास गरेमा विदेशी पर्यटक र गैरहिन्दूका लागि आकर्षकको केन्द्र बन्नुका साथै विश्वमा नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान हुनेछ”, उहाँले भन्नुभयो । पशुपतिलाई खुला सङ्ग्रहालयका रुपमा विकास गर्न सके राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने मन्त्री शाहीको भनाइ थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले पुरातात्विक, धार्मिक, सांस्कृतिक, पौराणिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण पशुपति क्षेत्रको गुरुयोजना निर्माण गर्दा सम्बन्धित विषयका विज्ञसँग रायसल्लाह लिनुपर्नेमा जोड दिनुभयो । 

कोषका सदस्यसचिव डा गोविन्द टन्डनले एक सातापछि तीन चरणमा धार्मिक, पौराणिक, सांस्कृतिक र वास्तुशास्त्रीय विषयका विज्ञलाई कार्यपत्र तयार गर्न लगाई कार्यशालामा प्रस्तुत गराई गुरुयोजना निर्माण गरिने जानकारी गराउनुभयो । 

कोषाध्यक्ष तारानाथ सुवेदीले राष्ट्रिय गौरवको पशुपति क्षेत्र आयोजनालाई समयमा नै सम्पन्न गर्न गुरुयोजना अत्यावश्यक भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ