2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

गोकुलेश्वर क्याम्समा दुई सय विद्यार्थी मतदानबाट बञ्चित

पंकजबहादुर धामी/फागुन ७, दार्चुला । क्याम्पसमा भर्ना भई रजिष्ट्रेसनसमेत गरेका २ सय जना विद्यार्थीको नाम क्याम्पसमा रहेको निर्वाचन समितिले मतदाता नामावलीको सूचिबाट हटाएको छ ।

भर्ना मात्रै भएका तर क्याम्पसले निर्धारण गरेको शुल्क नतिरेका २ सय जना विद्यार्थी नाम सूचिबाट हटाइएको मतदान अधिकृत धनसिह बिष्टले बताए । २ सय जनालाई नामावलीबाट हटाइएपछि क्याम्पसमा ७४ जनाले मात्रै निर्वाचनमा भाग लिनेछन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिल्लाका सात क्याम्पसमध्ये चार क्याम्पस मात्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।

क्याम्पसहरुमा बिना कुनै अबरोध स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया अगाडि बढेको प्रहरी प्रमुख कदार खनालले बताए । निर्वाचनलाई सम्पन्न गर्न प्रहरीले चाहिने जति सुरक्षाको व्यवस्था गरेको बताउँदै डिएसपी खनालले कुनै क्याम्पसबाट पनि सुरक्षा माग भई आए तुरुन्त खटाउन सक्ने गरी व्यवस्था गरेको बताए ।

नेवि संघ क्रान्तिकारीको गठबन्धन

दार्चुलाका प्रमुख दुई क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी संयुक्त रुपमा स्ववियु निर्वाचन लड्दै छन् ।

केन्द्रको रणनीति अनुसार संघ र क्रान्तिकारीले संयुक्त रुपमा उम्मेदवार चुनावी मैदानमा उतारेका छन् ।

गोकुलेश्वर बहुमुखी क्याम्पसमा संयुक्त प्यानलले मात्रै उम्मेदवारी दर्ता गराएको छ भने दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अनेरास्ववियु क्रान्तिकारी र नेवि संघको छुट्टै प्यानल र अनेरास्ववियुको छुट्टै प्यानलले मात्रै उम्मेदवारी दिएको छ ।

गोकुलेश्वर बहुमुखी क्याम्पसमा संयुक्त प्यानलका तर्फबाट क्रान्तिकारीका भुवन भण्डारी सभापति, नेवि संघका शान्ति भाँट सचिव र क्रान्तिकारीका प्रकाश विष्ट कोषाध्यक्षका उम्मेदवार रहेका छन् । 

यता दार्चुला बहुमुखी क्याम्पसमा भने नेवि संघका महादेव जोशी सभापतिमा, क्रान्तिकारीका इन्द्रसिह ठगुन्ना सचिवमा र नेवि संघका दिपक खातीले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियुका तर्फबाट भने सभापतिमा संजयसिह धामी, सचिवमा लालबहादुर बंम र कोषाध्यक्षमा दिपमाला घर्तिलाई मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई