२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा पनि पहिलोपटक निर्वाचन दिवस मनाईयो

२०७३, ७ फाल्गुन शनिबार १२:४३

फागुन ७, डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक शनिबार निर्वाचन दिवस मनाईंएको छ । 

पहिलो आमचुनाव भएको दिनको सम्झनामा अबदेखि फागुन ७ गते निर्वाचन दिवस मनाईएको जिल्ला  निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आमचुनाव भएको सम्झनामा यो दिवस मनाउन यो बर्ष देखी सुरु गरीएको हो  । 

दिवसको अवसरमा कार्यालयले फागुन ५ गते देखी शनीबार ७ गते सम्म बिभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाएको कार्यालयले जनाएको छ । दिवसको अवसरमा फागुन ५ गते जिल्ला निर्वाचन कार्यालयमा व्यानर प्रर्दशनी, ६ गते कार्यालय परिसर सरसफाई र शनीबार अन्र्तक्रिया कार्यक्रम गरि दिवस भव्यताका साथ मनाएको छ । 

शनीबार जिल्ला सदरमुकाममा फोटो सहितको मतदाता नामावली संकलन अद्यावाधिक समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धय बहादुर सिंहको अध्यक्षतामा निर्वाचन र लोकतन्त्र बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । 

उक्त अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गदै जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कृष्ण नायकले डडेल्धुरामा अझैँ ६ हजार भन्दा बढी नागरिकहरु बिभीन्न काणरले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्नबाट छुटेको अनुमान गरिएको बताएका थिए । 

डडेल्धुरामा अहिले सम्म ३८ हजार सात सय १० जना महिला र ३७ हजार आठ सय ६६ जना पुरुष गरि ७६ हजार पाँच सय ७६ जनाले निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावलीमा नाम गर्दा गरेको निर्वाचन अधिकृत नायकले कार्यक्रममा जानकारी गराएका हुन् । 

जसमा महिलाहरुको संख्या करिब एक हजारले बढी रहेको छन् । कार्यालयले गत पुस १८ गते देखी माघ ३ गते सम्म जिल्लाका बिभिन्न ठाउँमा सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली दर्ता शिविरमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका ११ सय ५५ जनाले नाम दर्ता गरेका छन् । 

धेरै व्यक्तिहरुले नागरिकता लिएको भए पनि बिभिन्न कारणले फोटो सहितको मतदाता नामावलीमा नाम दार्ता गराउनबाट छुटेको देखिएको कार्यालयले जनाएको छ ।  लोकतन्त्रको मेरुदण्ड मानिने आवधिक चुनाव पहिलोपटक भएको ५८ वर्षपछि आयोगको निदेर्शनमा पहिलोपटक दिवस मनाईएको हो । 

शनीबार गरीएको अन्र्तक्रीया कार्यक्रममा मतदाता केन्द्र,लोकतन्त्रको परिभाषा, डडेल्धुरामा दर्ता भएका राजनीतीकदलहरु लगायतका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी