कृष्ण कँडेल/फागुन ८, बागलुङ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा सम्पन्न क्रान्तिकारी विद्यार्थीहरुको भेलाले अखिल क्रान्तिकारी मुलईकाई समिति गठन गरेको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन ८, बागलुङ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा सम्पन्न क्रान्तिकारी विद्यार्थीहरुको भेलाले अखिल क्रान्तिकारी मुलईकाई समिति गठन गरेको छ ।&n"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निसीभुजी जनता क्याम्पसमा क्रान्तिकारीको ईकाई समिति गठन

८ फाल्गुन २०७३, आईतवार १४:०२


कृष्ण कँडेल/फागुन ८, बागलुङ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा सम्पन्न क्रान्तिकारी विद्यार्थीहरुको भेलाले अखिल क्रान्तिकारी मुलईकाई समिति गठन गरेको छ । 

भेलामा बोल्दै अनेरास्ववियु क्रान्तिकारी धौलागिरी बहुमुखि क्याम्पस बागलुङका मुल ईकाई समिति अध्यक्ष किसोर घर्तीले क्रान्तिकारी विद्यार्थीहरु एकजुट भएर गुणस्तरिय र व्यवहारिक शिक्षाका पक्षमा अभियान चलाउनुपर्ने बताउनुभयो । 

उहाँले आसन्न स्ववियु निर्वाचनमा आफ्नो नेतृत्व स्थापित गर्ने गरि संगठनलाई समावेशी बनाएर लैजान आग्रह गर्नुभयो । घर्तीले स्ववियुमा २८ बर्षे उमेर हद, समानुपातिक समावेशी स्ववियुका लागि मिश्रीत निर्वाचन प्रणाली जस्ता प्रगतिशिल मुद्धा अखिल क्रान्तिकारीले स्थापित गरेको भन्दै त्यसको कार्यान्वयनको नेतृत्व पनि क्रान्तिकारीले नै गर्ने दावि गर्नुभयो । 

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका उपाध्यक्ष नगेन्द्र खरेल, अखिल क्रान्तिकारी धौलागिरी बहुमुखि क्याम्पस मुलईकाई समितिका उपाध्यक्ष विकास कँडेल र एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका पुर्ण अर्यालले मन्तव्य राख्नुभएको थियो । 

भेलाले प्रतिभा पौडेलको अध्यक्षतामा १५ सदस्यीय मुलईकाई समिति गठन गरेको छ । समितिको सचिव अञ्जना अर्याल र कोषाध्यक्ष ओममायाँ बुढा रहनुभएको छ । सदस्यमा मनिसा गुरुङ, खिमा कुँवर, होमकुमारी अदै, रेखा थापा, हरिमला सुवेदी, लक्ष्मी भण्डारी, लिला पाण्डे र लोकमायाँ पाण्डे रहनुभएको छ । उपाध्यक्ष, सहसचिव र बाँकी सदस्य पछि थप गरिने क्रान्तिकारीले जनाएको छ । 

भेलाले यहि फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागि क्याम्पसमा अखिल क्रान्तिकारीको संगठन दर्ता गर्ने निर्णय गरेको अध्यक्ष प्रतिभा पौडेलले जानकारी दिनुभयो । भेला प्रतिभा पौडेलको अध्यक्षता, टंक पौडेलको स्वागत मन्तव्य र अनिल कुमार विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन