2026-07-24 09:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किम जोङ नाम हत्या प्रकरण : मलेसियाले उत्तर कोरियाबाट राजदूत फिर्ता बोलायो

फागुन १०, क्वालालम्पुर | उत्तर कोरियाका नेता किम जोङ उनका दाजुको हत्यापछि बढ्दो विवादपछि मलेसियाले आफ्ना राजदूतलाई स्वदेश फिर्ता बोलाएको छ । किम जोङ नाम कोरियाका शासक किम जोङ उनका सौतेनी दाजु हुन् ।

गत सोमबार क्वालालम्पुर एयरपोर्टमा मकाउ जाने क्रममा विषालु पदार्थले आक्रमण गर्दा उनको मृत्यु भएको थियो । उनको हत्या आरोपमा दुई महिलासहित तीनजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा एकजना भियतनामको पासपोर्ट बोकेकी महिला र एकजना इन्डोनेसियाली रहेका छन् ।

किम जोङ नाम हत्याको घटनापछि चार उत्तर कोरियाली नागरिकको खोजी कार्य जारी रहेको छ । यसअघि मलेसियाले उत्तर कोरियाका राजदूतसँग छलफल गरेको थियो । गत साता मात्रै मलेसियामा उत्तर कोरियाका प्रतिनिधि काङ चोलले क्वालालम्पुरमाथि ‘दुश्मन शक्ति’ सँग साँठगाँठ गरेको आरोप लगाएका थिए ।

सन् २०११ मा बाबुको मृत्युपछि उत्तर कोरियाको नेतृत्व किम जोङ उनले गरिरहेका छन् । उत्तर कोरियाले किम हत्याका विषयमा मलेसियाले तथ्य लुकाउन खोजेको आरोप लगाएको थियो ।

उत्तर कोरियाको आरोपबाट रुष्ट बनेको मलेसियाले आफ्ना राजदूतलाई फिर्ता बोलाएको हो । अहिलेसम्म किम जोङ नामको हत्यापछि उत्तर कोरियाकै हात रहेको अनुमान गरिएपछि त्यसलाई पुष्टि गर्ने कुनै आधार भेटिएको छैन ।

उत्तर कोरिया स्वयंले पनि किमको हत्याबारे अहिलेसम्म आधिकारिक रूपमा केही बताएको छैन । दक्षिण कोरियाले किमको हत्यालगत्तै यस घटनामा उत्तर कोरियाकै हात रहेको हुन सक्ने भन्दै यस्तो भए किम जोङ उनको शासनकालको दोस्रो ठूलो हत्या हुने जनाएको थियो ।

उत्तर कोरियासँग राजनीतिक र कूटनीतिक सम्बन्ध कायम गर्ने धेरै कम राष्ट्रमध्ये मलेसिया एक थियो । तर, यो घटनापछि दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको छ । उत्तर कोरियाले कुनै परीक्षणविना नै किम जोङ नामको शव फिर्ता गर्न गरेको आग्रहलाई मलेसियाले अस्वीकार गरेको थियो ।

गत शुक्रबार नै किमको पोस्टमार्टम सम्पन्न भए पनि अहिलेसम्म त्यसको नतिजा सार्वजनिक भइसकेको छ । मलेसियाली अधिकारीहरू पोस्टमार्टम रिपोर्टको पर्खाइमा रहेको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् ।

उत्तर कोरियाली प्रतिनिधि चोलले आफ्नो देशका प्रतिनिधिको सहभागिताविना आउने कुनै पनि रिपोर्टलाई उत्तर कोरियाले अस्वीकार गर्ने बताएका छन् । मलेसियाले भने डीएनए परीक्षणसमेत आवश्यक रहेको जनाएको छ । डीएनए परीक्षणका लागि प्रहरीले उनका परिवारसँग नमुना माग गरिरहेको छ । किमका परिवारका सदस्यहरू मकाउ र बेइजिङमा बस्ने गरेको बताइएको छ । राजधानी दैनिकमा खबर छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक