2026-07-25 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन इराकको तेल कब्जा गर्न चाहन्छ ट्रम्प सरकार ?

फागुन १०, बगदाद | अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकाको लक्ष्य इराकको तेल कब्जा गर्नुनभएको बताएका छन् । इराकको भ्रमणका क्रममा बग्दाद पुगेका म्याटिसले राष्ट्रपति डोनाल्ड ट्रम्पको विचारभन्दा फरक धारणा राखेका हुन् ।

इराकको पश्चिमी मोसुलबाट चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) लाई लखेट्नका लागि सुरु भएको अभियान जारी रहँदा उनको यो भ्रमण भएको हो । पेन्टागनले इराक र सिरियामा आईएसविरुद्धको कारबाहीलाई तीव्र बनाउने तयारी गरिरहेको बताइरहँदा भएको यो भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । ट्रम्पको तेलसम्बन्धी धम्कीका कारण बाधा उत्पन्न हुने आशंकासमेत उब्जिइरहेको छ ।

ट्रम्प प्रशासनले अमेरिका प्रवेश गर्न इराकी नागरिकलाई समेत प्रतिबन्ध लगाएपछि इराकी प्रधानमन्त्री हैदर अली अबादीलाई वासिंगटनसँगको सहयोग कम गर्न दबाब परिरहेको छ भने इराकी समाजमा समेत यसप्रति तीव्र असन्तुष्टि छ । म्याटिसले इराकी प्रमुख अधिकारीहरू र सैनिक कमान्डरसँग भेटवार्ता गरी द्वपक्षीय सम्बन्ध र मोसुल सहरमा आईएस समूहविरुद्ध गरिने आक्रमणको विषयमा कुराकानी गर्ने अनुमान गरिएको छ ।

इराकमा यसअघिदेखि नै सयौं अमेरिकी सैनिकहरू रहेका छन् । ती सैनिकहरूले आईएस आतंककारी समूहविरुद्ध इराकी सैनिकलाई तालिम र सल्लाह दिने गरेका छन् । मोसुल सहरमा जारी आईएसविरोधी कारबाहीमा करिब ४ हजार ८ सय अमेरिकी सैनिक सामेल छन् । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक