कृष्ण कँडेल/फागुन ११, बागलुङ । विभिन्न कार्यक्रम गरि बुर्तिबाङमा फागुन १५ र १६ गते हुने मगर दिवश विशेष कार्यक्रम तथा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको नाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन ११, बागलुङ । विभिन्न कार्यक्रम गरि बुर्तिबाङमा फागुन १५ र १६ गते हुने मगर दिवश विशेष कार्यक्रम तथा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको नाग"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

उपराष्ट्रपतिको अभिनन्दनमा नागरिक स्तरबाटै सहभागी हुन सवैमा अपिल

११ फाल्गुन २०७३, बुधबार ०५:२८


कृष्ण कँडेल/फागुन ११, बागलुङ । विभिन्न कार्यक्रम गरि बुर्तिबाङमा फागुन १५ र १६ गते हुने मगर दिवश विशेष कार्यक्रम तथा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको नागरिक अभिनन्दन कार्यक्रमको तयारी तिब्र परिएको छ ।

मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा हुने कार्यक्रममा प्रश्तुत गर्नका लागि मगर संस्कृतिमा आधारित विभिन्न झाँकीको तयारी गरिएको छ । निसीको भल्कोटबाट झाँक्रि नाच, तमान र भिमगिठेबाट पञ्चोबाजा, अधिकारीचौरबाट कौडानाच तथा भिमगिठेबाट मारुनी नाच ल्याउने गरि तयारी भईरहेको उपाध्यक्ष सेरमान घर्तीले जानकारी दिनुभयो ।

गणतन्त्र नेपालका उपराष्ट्रपति पुनलाई नागरिक अभिनन्दन गरिने भएपछि पश्चिम बागलुङमा रहेका राज्य स्तरका कार्यालय, विभिन्न गैरसरकारी संघ संस्था र आम नागरिक स्तरका संस्था र सवै नागरिकलाई कार्यक्रममा सहभागी हुनका लागि पत्राचार भईसकेको छ । 


सहभागी सवैलाई आफ्नो संस्कृतिमा आधारित झाँकी तथा ब्यानर सहित संस्थागत रुपमा सहभागी भई उपराष्ट्रपतिको नागरिक अभिनन्दन गर्न अपिल गरिएको अध्यक्ष थमप्रकाश पुनले जानकारी दिनुभयो । 

कार्यक्रममा अभिनन्दन पत्र सहित उपराष्ट्रपतिलाई विशेष सम्मान गरिने र समाजसास्त्री तथा जनजाति आन्दोलनका अगुवा डाक्टर ओम गुरुङ, बरिष्ठ पत्रकार भवानी बराल, बागलुङका पुर्व जिविस सभापती लिलबहादुर थापा, राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेता खेलाडी लगायत विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने तयारी गरिएको छ । 

कार्यक्रममा सहभागी विशिष्ट व्यक्तित्वबाट मगरको पहिचान, संस्कृति, मगर दिवशको महत्व लगायतका विषयमा सम्बोधन हुने आयोजकले जनाएको छ । सो अवसरमा चार्चित कलाकारहरु, कुमार पुन, राजु परियार, तिर्सना घर्ती, जुना श्रीस, निर आले लगायतले सांगितिक, सांस्कृतिक प्रश्तुति दिनेछन् । 


उपराष्ट्रपतिको सुरक्षा संवेदनशितालाई व्यवस्थापन गर्न र कार्यक्रममा सहभागी हुन बागलुङका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख लगायत जिल्लाका सरकारी अधिकारी फागुन १४ गते बेलुका बुर्तिबाङ आउने कार्यक्रम छ । 

कार्यक्रमको अवसरमा आयोजना गरिएको ताराखेल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार र द्वितिय हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

उपराष्ट्रति पुन फागुन १५ गते पोखरा विश्वविद्यालयको कार्यक्रममा सहभागी भएर दिउसो १ बजे कार्यक्रम स्थल बुर्तिबाङ आईपुग्ने कार्यक्रम तय भएकोछ ।  कार्यक्रममा उपराष्ट्रपति १ देखि २ घण्टा रहनुहुने आयोजकले जानकारी दिएको छ । कार्यक्रम सम्पन्न गर्न १४ लाख २८ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

नेपाली राजनितिमा स्थापित बर्तमान राष्ट्रिय मुद्धा तथा मुलुकै राजनितिक परिवर्तनमा विशेष योगदान गर्नुभएका उपराष्ट्रपति पुन, मगर समुदायबाट राष्ट्रको विशिष्ट पदमा पुग्नुभएकाले मगर दिवशमा नागरिक स्तरबाटै अभिनन्दन गर्न लागिएको आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन