विद्यार्थी जीवन हरेक मानिसको लगि अत्यन्तै महत्वपूर्ण समय हो । जुन समयमा विद्यार्थीहरुले धेरै कुराहरुमा सिकाइ गर्नुपर्ने अनिवार्यता हुन्छ । यही कुरा बुझ्न र सिक्न उद्येत रहने भएकोले होला विद्यार्थी जीवनलाई समग्र मानव जीवनको कालखण्डको उषाकालको संज्ञा दिइएको हो । यस्तै धेरै कुराहरु सिक्नको लागि शैक्षिक भ्रमण पनि एक प्रभावकारी माध्यम हो । जसका माध्यमबाट हामीले आफ्नो जीवनमा ज्ञानको दायरालाई फराकिलो बनाउने अवसर प्राप्त गर्दछौँ ।
यही कुरालाई मध्यनजर गर्दै हामी बगालामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुले शैक्षिक भ्रमणको योजना तयार बनाएका थियौँ । हामीले भ्रमणको लागि नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न पर्यटकिय तथा धार्मिक स्थलहरु चाँदनी दोधारा, सिद्धबाबा मन्दिर, महाकाली नदी, घोडाघोडी ताल लगायतका क्षेत्रहरुको भ्रमण गर्ने कार्यक्रम तय गरी २०७३ पौष १ गते साँझ ६ बजे विद्यालयमा जम्मा भएर ७ बजेतिर प्रस्थानको तयारी ग¥यौँ । ८६ जनाको टोली अत्याधुनिक सुविधा सम्पन्न बसमा २ जना गुरुहरु कृष्ण प्रसाद तिमिल्सिना र काली प्रसाद थारु हुनुहुन्थ्यो । हामी बसमा निकै नै रमाइलो गर्दै गयौँ । कोही साथीहरु बसमा निदाएका थिए भने कोही भने रमाइलो गर्दै नाचगानका साथ थिए । म पनि कतिखेर निदाएछु पत्तै भएन । तर मेरो नजिकमा रहेका साथीले दोधारा आयो भनेपछि म व्युझिएँ । घडि हेर्दा त विहानको ३ बजिसकेको रहेछ । सबै झ¥यौँ । चाँदनी दोधारा आयो भनेपछि सबैमा एक खाले उमङ्ग छाएको थियो । म पनि त्यही उमङ्गसँगै उमङ्गिएँ । नजिकैको धारामा गएर मुख धुँदा निकै आनन्द आयो । अझ पुल हेर्दा त झन् आनन्दको सिमा नै थिएन । कतिखेर पुलमा चढेर खुरुरु दगुरौँ झै भएको थियो । मैले पुलको नाम मात्र सुनेकोले यो मेरा लागि नयाँ अनुभव सँगाल्ने सुनौलो मौका बनिरहेको थियो । सँगै जानुभएका गुरुहरुसँग हामीले अनुमति मागेर पुलमा प्रवेश ग¥यौँ ।
पुल हेर्दा त निकै छोटो लागको थियो तर पुलमा हिँड्दा त साह«ै लामो पो रहेछ ! पुलको आकार त पहाड चढेजस्तै पो रहेछ ! कतै ओरालो कतै उकालो । १४५२.९३ मिटर लामो पुल पार गर्न हामीलाई त झण्डै ३० मिनेट लाग्यो र फर्कन पनि त्यत्ति नै समय लागेको थियो । पुललाई वारपार गर्दा गर्दै मलाई त निकै थकाइ लागिसकेको थियो । यो पुल त एसियाकै दोस्रो लामो झोलुङ्गे पुल रहेछ जुन कुरा मैले पुलको शुरुमा राखिएको साइनबोर्डमा हेरेर थाहा पाएँ । ३ घण्टा जति समय हामीले पुलमा नै वितायौँ र तत्पश्चात हामी धार्मिक स्थल सिद्धबाबाको मन्दिर दर्शनका लागि जान तयार भायौँ ।
करिब १ घण्टाको यात्रापछि हामी सिद्धबाबाको मन्दिरमा पुग्यौँ । जहाँको मनोरम हराभरा वातावरणलो हामीलाई निकै लोभ्यायो । विभिन्न देवी देवताका मन्दिर तथा मूर्तिहरुले निकै शोभायमान रहेको थियो सिद्धबाबा मन्दिर परिसर । त्यहाँको सबै दृश्यहरु अवलोकन पछि हामी महाकालीको पुल अवलोकनका लागि लाग्यौँ । जहाँबाट विद्युत उत्पादन गरिएको रहेछ । त्यो नदी भारतमा प्रवेश गरेपछि शारदा नदीको नामले चिनिने रहेछ ।
त्यो दृश्य देख्दा मेरो मन निकै भावुक भयो । हामी जलश्रोतमा यति धेरै धनी भएर पनि परनिर्भर भइ बाँच्नु परेको रहेछ । मलाई त यस्तो लाग्यो नेपालले आँफ्नै खुट्टामा आँफैले बञ्चरो हानेको रहेछ । यसरी भारतर्पm बगेका नदीहरुको पानीलाई नेपाल आँफैले सदुपयोग गर्न सकेको खण्डमा नेपाल आजसम्म कति अगाडि बढिसक्ने थियो होला । कति युवाहरुले रोजगारी पाएर आज विदेशीको गुलाम बन्न पर्दैनथ्यो होला ! मलेसिया लगायत खाडी मुलुकको तातो घाम खाएर अरुको देशमा रगतपसिना बगाउनु पर्ने त थिएन, मनमनै सोचेँ । अरुको देशमा बगाउने पसिनालाई आफ्नै देशको माटोमा बगाउन सकेमा आफ्नै माटोले कति आशिष दिने थियो होला । सम्झनाका लागि केही तस्वीरहरु खिच्दै करिब २ घण्टा जति हामीले त्यही बितायौँ । फर्केर महेन्द्रनगरमा आई खाना खायौँ र हामी अब घोडाघोडी तालको अवलोकनका लगि कैलालीतर्पmको यात्रामा हानियौँ ।
करिब १ घण्टाको अवधिमा हामी घोडाघोडी तालमा पुग्यौँ । हत्केलाको आकारमा रहेको यो तालको कूल क्षेत्रफल १३८ हेक्टर रहेछ । तालको वरपरको दृश्य निकै मनोरम थियो । मन्दिरहरु बनाइएका रहेछन् । नजिकै रहेको घोडाघोडि मन्दिरको नामबाट यो तालको नाम घोडाघोडी राखिएको रहेछ । यो ताललाई वि.सं. २०२५ मा योगी नरहरिनाथले ‘कपिल’ ताल भनी नामाकरण गरेका रहेछन् । अत्यन्तै आकर्षक रहेको त्यो तालको अवलोकन गर्नका लगि विभिन्न स्थानहरुबाट मानिसहरु आउने रहेछन् । हामी पुगेको दिन पनि तालको अवलोकनका लागि धेरै मानिसहरु आएका थिए । मलाई तालको अवलोकन गर्दा गर्दैै यस्तो कुराको याद आयो कि यो राज्यको सरकाले ताललाई अझ व्यवस्थित गर्न सकेमा पर्यटनको प्रवद्र्धन हुने कुरा सुनिश्चित छ ।
यस ताललाई सन् २००३ मा अन्तर्राष्ट्रिय सिमसार क्षेत्रको सूचीमा सूचीकृत गरिएको रहेछ । यसरी घोडाघोडीको सिमसार क्षेत्रको अवलोकनपश्चात मनभरी एउटा भिन्न अनुभवहरु सँगाल्दै हामी घरतिर फर्कनका लागि बस चढ्यौँ ।
त्यहाँबाट हामी ३ घण्टामा घरतिर आयौँ र आ–आफ्नो घरतर्फ गयौँ । यसरी यो २ दिनको भ्रमणबाट मैले के कुरा सिकेको छु भने हामीले जसरी कक्षाकोठाभित्र मात्रै विषयवस्तुहरुलाई अध्ययन ग¥यौँ त्यो भन्दा पनि राम्रो र प्रभावकारी अनि स्मरणीय सिकाइ त कक्षाकोठा भन्दा बाहिर पनि हुने रहेछ जसले प्रतक्ष्य ज्ञान हासिल गर्दै सिकाइलाई चीरस्थायी बनाउन सकिने रहेछ । त्यसैले अध्ययनका साथसाथै शैक्षिक भ्रमणहरुका माध्यमबाट पनि हामीले ज्ञानको दायरालाई फराकिलो बनाउन सक्ने रहेछौँ नि त साथीहरु ! हैन र कसो ?