फागुन १४, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा कोक्रोबाट खस्दा एक बालकको आज मृत्यु भएको छ । 

धरान–२० का बाबुलाल राईको अढाइ महिनाको छोरा सत्यम राईला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १४, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा कोक्रोबाट खस्दा एक बालकको आज मृत्यु भएको छ । 

धरान–२० का बाबुलाल राईको अढाइ महिनाको छोरा सत्यम राईला"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोक्रोबाट खस्दा बालकको मृत्यु, बालिका मृत फेला

२०७३, १४ फाल्गुन शनिबार १२:५४

फागुन १४, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा कोक्रोबाट खस्दा एक बालकको आज मृत्यु भएको छ । 

धरान–२० का बाबुलाल राईको अढाइ महिनाको छोरा सत्यम राईलाई प्लास्टिकको बोराको कोक्रोमा राखी हल्लाउने क्रममा भुइँमा खस्दा मृत्यु भएको जिप्रका सुनसरीले जनाएको छ । 

बालिका मृत फेला 

सुनसरीको चाँदबेला गाविसबाट हराएकी एक बालिका आज मृतवस्थामा फेला परेकी छन् । 

यही फागुन १२ गते बिहीबार चाँदबेला–९ का रामपुकार मोडियारीका ११ वर्षीया छोरी अमिताकुमारी मोडियारी स्थानीयवासीको विवाहमा गएको र फर्केर नआएपछि खोज्दै जाँदा मृतावस्थामा भेटिएको जिप्रका सुनसरीले जनाएको छ । 

स्थानीयवासी बुदे मोडियारी र रञ्जित मोडियारीको छोराछोरीको विवाहमा राति गएको र घर फर्की नआएपछि खोजी गर्दा आज बिहान मृतावस्थामा फेला परेको हो । 

अमिताको घरदेखि ३०० मिटर दक्षिणमा रहेको पानी जाने पैनीको ह्युमपाइपभित्र शङ्कास्पद अवस्थामा शव फेला परेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको हत्या गरेको स्थानीयवासी र प्रहरीले आशङ्का गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा