६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ठुला बिद्यार्थी संगठनका आ-आफ्नै अडानले उम्मेद्वारी दर्ता हुन सकेन

१४ फाल्गुन २०७३, शनिबार १७:०८

कमल रावल/फागुन १४, अछाम । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावको लागि आज क्याम्पसमा मनोनयन दर्ता गराउने दिन भएपनि अछामका कुनै पनि क्याम्पसमा मनोनयन दर्ता भएको छैन । 

अछामका ३ ठुला विद्यार्थि संगठन अनेरास्वीयु, नेविसँघ र अखिल क्रान्तिकारीको आफनो आफनो मागका कारण मनोनयन दर्ता नभएको बताईएको छ । अछाम जिल्लाका ७ वटै क्याम्पसमा तोकिएकै मितीमा स्वीयु निर्वाचनका लागि पट्क पट्क संगठनका बिचमा सर्वपक्षिय बैठक भएता पनि हाल सम्म कुनै निष्कर्ष समेत निस्कीएको छैन । 

अहिले सम्म अनेरास्वीयुले अछामका थुप्रै क्याम्पसमा नियमित तथा सक्षम विद्यार्थि भर्ना छुटेकाले प्रथम, दोस्रो र तेस्रो वर्षमा सहमतिका आधारमा नयाँ भर्ना खोल्नु पर्ने मागमा अडिग रहेको अनेरास्वीयु अछामका अध्यक्ष तिलक ठकुल्लाले बताउनु भयो । 

कुनै पनि हालतमा तोकिएकै समयमा स्वीयु निर्वाचन सम्पन्न गराउन आफनो सँगठन कडा सघर्षका साथ लागि परेकाले विगत ८ वर्ष देखिको हुन नसकेको स्वीयु निर्वाचन जसरी पनि हुनु पर्ने आफनो संगठनको माग रहेको समेत बताए । आफनो संगठन तोकिएकै समयमा स्वीयु निर्वाचन सम्पन्न गराउनकालागि लागि परेको बताउनु भयो । 

त्रिभुवन विश्वविद्यालयले यस अघि माघ १४ गतेबाट कुनै पनि क्याम्पसमा नयाँ भर्ना लिन नपाउने गरेको निर्णयमा आफनो संगठन रहेकाले अहिलेको अबस्थामा सबै क्याम्पस स्वीयु निर्वाचन हुनु पर्ने नेविसँघ अछामका अध्यक्ष नृप साउदको भनाई रहेको छ । 

सम्पुर्ण विद्यार्थिका हक हित सँरक्षणका लागि अन्तीम समय सम्म हर प्रयासका बिचमा पनि स्वीयु निर्वाचन अछाममा सम्पन्न गराउनका लागि आफनो सँगठन लागि परेको बताउनु भयो । उता अखिल क्रान्तिकारीले भने अन्य संगठनले जिल्ला केहि क्याम्पस फ्रजी विद्यार्थि भर्ना गरेको आरोप लगाउदै आएकाले तुरुन्तै छानविन गर्न माग पटक पटक बैठकमा गर्दै आएको अखिल क्रान्तिकारी अछामका अध्यक्ष गम्भीर साउदले बताउनु भयो । 

अछाम जिल्लाका ७ वटै क्याम्पसमा अखिल क्रान्तिकारीले आफनो सँगठन बाट को उम्मेद्धार बन्ने भन्ने निर्णय सहित नामावलि सार्वजनिक गरिसकेको छ भने नेविसँघले पनि स्वीयु निर्वाचनमा भब्यताका साथ सहभागिता जनाउने निर्णय गरिसकेको छ भने अनेरास्वीयुले उम्मेद्धार छनोटका लगि स्वयम क्याम्पस कमिटीलाई दिदै जिल्ला कमिटीबाट अहिले सम्म कुनै निर्णय सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश