सामाजिक क्षेत्रमा क्रियाशी"/>
सामाजिक क्षेत्रमा क्रियाशी"/>
जिल्लाको कुश्मा नगरपालिका ७ स्थित दुर्लुङ्गकोटमा आर्थिक रुपमा विपन्न, दलित तथा एकल महिलालाई बाख्रा वितरण गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशील रोट्रयाक्ट क्लव अफ पर्वत, एकता युवा क्लव र सोच समुहको संयुक्त आयोजनामा २४ वटा परिवारलाई एक÷एकओटा बाख्रा वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको अािर्थक स्तरोन्नतीका लागि उन्नत जातका बाख्रा वितरण गरिएको हो । आशा प्रोजेक्ट, सोच समुह, रोटरी डिष्टिूक ७५१० न्युजर्सी र रोटरी क्लव अफ पर्वतको सहयोगमा त्यहाँका विपन्न परिवारलाई बाख्रा वितरण गरिएको हो । कृषकहरुलाई हस्तान्तरण गरिएका बाख्राबाट प्रत्येक कृषकले एक पाठी क्लवलाई फिर्ता गर्ने तथा क्लवमा फिर्ता गरिएका पाठी अन्य कृषकहरुलाई वितरण गरिने रोटूयाक्ट क्लव अफ पर्वतका अध्यक्ष आरसी पौडेलले बताए । कार्यक्रममा नै दुर्लुङ्गकोटको पर्यावरण संरक्षणका लागि २० वटा धुपी र अशोकाका बिरुवा समेत रोपिएको छ । यसले कोटको परिवेशमा रहेका वातावरणको संरक्षण र आकर्षण वृद्धि गर्ने पौडेलले जानकारी दिए । त्यस्तै वृक्ष संरक्षणका लागि ट्रिगार्ड समेत वितरण गरिएको छ । वृक्ष संरक्षणको लागि वार्षिक रुपमा १२ हजार आफूले सहयोग गर्ने बताउँदै उनले दुर्लुङ्गकोटको मन्दिरको लागि ५० थान कुर्सी र दुईओटा टेबल उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गरे । त्यस्तै सोही कार्यक्रममा नगरपालिका ७ का तीनओटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको छ । काफलचौर मावि, सूर्यप्रकाश मावि र दालपोखरी प्राविका ६० जना विद्यार्थीलाई झोला तथा पोसाक वितरण गरिएको हो । त्यस्तै संस्कृति संरक्षणका लागि एक थान भजन सामाग्री पनि सहयोग गरिएको छ । कार्यक्रममा प्रमुख अतिथी सकरात्मक सोचका अभियन्ता कर्ण शाक्यले मानिस परजीवि नभई श्रमजीवि प्राणी भएको हुँदा युवाहरुले सिर्जनात्मक काम गरेर मात्रै सहयोगका कार्य गर्नुपर्ने बताए । त्यस्तै स्थानीयको सहयोग पाएको खण्डमा दुर्लुङ्गकोटमा विकासका योजनाहरु ल्याउन पहल गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे । त्यस्तै आशा प्रोजेक्टका सिईओ तथा रोटरियन डा. तुलसी महर्जनले उद्धेश्य अनुसारको कार्य गर्नका लागि सदा तत्पर रहन आग्रह गरेका थिए । कार्यक्रममा रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेश पौडेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा रोटूयाक्ट क्लव अफ पर्वत, रोटरी क्लव अफ पर्वत, एकता युवा क्लव, पत्रकार, शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहे थियो । एकता युवा क्लवका अध्यक्ष अच्युत तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्लुङ्गकोट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शुकबहादुर गुरुङ्गले धन्यवाद मन्तव्य राखेका थिए । रोट्रयाक्ट क्लव अफ पर्वतका अध्यक्ष आरसी पौडेलको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य अन्तिम गुरुङ्गले गरेका थिए कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
चार लाख ७० हजार बराबरको सहयोग-फोटो फिचर
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार