कविता उपाध्याय/फ़ागुन १५, रोल्पा । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशलाई बचाउनका लागि अबको क्रान्ति फरक ढंगबाट अघि बढ्ने बताउनु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/फ़ागुन १५, रोल्पा । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशलाई बचाउनका लागि अबको क्रान्ति फरक ढंगबाट अघि बढ्ने बताउनु "/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अबको क्रान्ति रोल्पा होइन काठमाण्डौंको मुटुबाट शुरु हुन्छ: बिप्लब

१५ फाल्गुन २०७३, आईतवार ०७:३५


कविता उपाध्याय/फ़ागुन १५, रोल्पा । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशलाई बचाउनका लागि अबको क्रान्ति फरक ढंगबाट अघि बढ्ने बताउनु भएको छ । 

उहाँले हतियार नबोकेर अबको क्रान्ति काठमाण्डौंको मुटुबाट शुरु गर्ने जानकारी दिनुभयो । अबको क्रान्ति कम्युनिष्टको मात्र नभइ सम्पूर्ण राष्ट्रप्रेमी नेपालीको हुनुपर्नेमा उहाँको जोड थियो ।

रोल्पाको थबाङमा केहीदिन अघि सम्पन्न आठौं महाधिवेशनका बारेमा जानकारी दिन शनिबार रोल्पाको लिबाङमा आयोजना गरिएको घोषणा सभामा बोल्दै चन्दले यस्तो बताउनु भएको हो । 

“यदि नेपालको माटोले हाम्रो रगत चाहेमा हामी रगत बगाउन तयार छौं । हामीलाई देश र जनताको उत्तिकै माया छ । त्यसैले हामी अन्तिम दाउ राखेर पनि लड्न तयार भएका छौं” उहाँले भन्नुभयो ।

आफूले युद्धगर्न नचाहेको भएपनि तत्कालिन युद्धको स्मरण गर्दै चन्दले भन्नुभयो “ प्रचण्डजी र बाबुरामजीले तत्कालिन युद्धका बेला आफूहरु मारिने डरले क्रान्तिलाई आत्मसमर्पण गराउनु भएको हो, अब हामी त्यही क्रान्ती पूरा गर्छाै । ”

“हामीलाई बुर्जवा शिक्षा पढ्नु हुँदैन भनेर कलेज छोड्न लगाइयो  तर अबको क्रान्तीमा किसान मजदुर मात्र लडेर होइन पढेलेखेका युवाहरु उठ्नु पर्ने बेला आएको छ । हामीलाई कर्मचारी, डाक्टर, इन्जिनियर, लगायत सबैको साथ चाहिन्छ” । 

यसैवीच उहाँले थबाङलाई नमूना गाउँ बनाउने र थबाङमा युद्ध संग्रहालय स्थापना गर्ने समेत जानकारी दिनुभयो । 

घोषणा सभामा तत्कालिन सशस्त्र युद्धका बेला मारिएका तथा बेपत्ता पारिएका परिवारका सदस्यहरु तथा घाइते अपांग परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर