फागुन १६, इलाम । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको निर्वाचनपछि नागरिकले झेल्दै आएको सबैखाले समस्या हटेर जाने बताएका छन् । 

इलाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १६, इलाम । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको निर्वाचनपछि नागरिकले झेल्दै आएको सबैखाले समस्या हटेर जाने बताएका छन् । 

इलाम"/>

2026-09-10 04:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

स्थानीय निर्वाचनपछि समस्या समाधान: मन्त्री बुढाथोकी

फागुन १६, इलाम । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको निर्वाचनपछि नागरिकले झेल्दै आएको सबैखाले समस्या हटेर जाने बताएका छन् । 

इलामको नेपालटारमा आइतबार ‘सातखाल्डे सहिद स्मृति फुटबल प्रतियोगिता’ समापनका अवसरलाई सम्बोधन गर्दै मन्त्री बुढाथोकीले संविधान कार्यान्वयनमा सबै क्षेत्र क्रियाशील बन्नुपर्ने बताउँदै भने– “संविधान कार्यान्वयन भयो भने मात्र नागरिक अधिकार सम्पन्न हुन्छन्, नत्र संविधान कागजको खोस्टो जस्तो मात्र हो ।” 

स्थानीय तहले जनप्रतिनिधि पाएपछि विकास निर्माणका कामले गति लिनुका साथै नागरिकका सबै कामकाज सहज रूपमा अगाडि बढ्ने मन्त्री बुढाथोकीले बताए । देशमा गणतन्त्र आएको, नयाँ संविधान पाएको भए पनि नागरिकले नयाँ संविधानको उपलब्धि अनुभव गर्न नपाइरहेको बताउँदै मन्त्री बुढाथोकीले स्थानीय तहको निर्वाचनसँग नागरिकले लोकतन्त्र व्यावहारिक रुपमा अनुभूत गर्न पाउने बताए । 

तराई मधेसका नेताहरुले संविधानमाथि गरेको असन्तुष्टितर्फ सङ्केत गर्दै मन्त्री बुढाथोकीले संविधानमा सबैको चाहना–भावना समेट्न नसकिने बताए ।

संविधान कार्यान्वयन अहिलेको मुख्य मुद्दा भएको बताउँदै मन्त्री बुढाथोकीले भने–“संविधान बाइबल र कुरान जस्तो अपरिवर्तनीय होइन, यो समयअनुसार परिवर्तन गर्दै जान सकिन्छ ।” 

देश चुनावमा होमिएकाले यसलाई मर्यादित, व्यवस्थित र अनुशासित बनाउन कर्मचारी वर्गले विशेष ध्यान दिनुपर्ने बताउँदै मन्त्री बुढाथोकीले अबको निर्वाचनपछि नगरपालिका र गाउँपालिकाको अध्यक्षलगायतको जिम्मेवारी र अधिकार यसको सामथ्र्यभन्दा पनि बढी हुने भएकाले स्थानीय प्रशासन चुस्त बनाउन कर्मचारीले समन्वय र सहकार्यको भूमिका निर्वाह गर्नुपर्ने बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने