१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माओवादी केन्द्र निसीखोलाको भेटघाट कार्यक्रम सम्पन्न

१७ फाल्गुन २०७३, मंगलवार ०२:१३

कृष्ण कँडेल/ फागुन १७, बागलुङ । नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिका अन्तरगत २ नम्बर वडा पालिकाको भेटघाट कार्यक्रम सोमबार देविस्थानमा सम्पन्न भएको छ । 

कार्यक्रममा माओवादी केन्द्र निसीखोला गाउँपालिकाका ईन्चार्ज प्रेम घर्तीले स्थानिय निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । घर्तीले संगठन निर्माणमा माओवादी पार्टि केन्द्रित भएको भन्दै वडापालिका भेला सहित संगठन विस्तारमा लाग्न आग्रह गर्नुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा निसीखोला गाउँपालिका संयोजक कुविर विश्वकर्माले दलित महिला तथा पिछाडी परेको र पारिएको बर्ग क्षेत्रलाई मुलधारमा ल्याउन समानुपातिक समावेशी प्रतिनिधित्वको मुद्धा माओवादीले स्थापित गरेको बताउनुभयो । 

विश्वकर्माले जसको निती उसको नेतृत्व आवश्यक रहेको भन्दै माओवादीलाई निर्वाचनबाट ठुलो पार्टि बनाउने गरि लाग्न कार्यकतालाई आग्रह गर्नुभयो ।  जिल्ला सदस्य भिम घर्ती, महिता संघ क्रान्तिकारी बागलुङका अध्यक्ष कमला पुन, अखिल क्रान्तिकारी पश्चिम कमाण्ड संयोजक अनिलकुमार विश्वकर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम नन्दराम विश्वकर्माको अध्यक्षता, सुन्दर बुढाको स्वात र सागर पुनको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर