कृष्ण कँडेल/फागुन १७, बागलुङ । नेकपा माओवादी प्रश्ताबित ढोरपाटन नगरपालिका अन्तरगत बोबाङ गाविसको वडा नम्बर–१ देखि ५ सम्मलाई समेटेर प्रश्ताब गरिएको वडा पालिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन १७, बागलुङ । नेकपा माओवादी प्रश्ताबित ढोरपाटन नगरपालिका अन्तरगत बोबाङ गाविसको वडा नम्बर–१ देखि ५ सम्मलाई समेटेर प्रश्ताब गरिएको वडा पालिका"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गाउँको विकासका लागि स्थानिय जनप्रतिनिधि आवश्यक: सागर

१७ फाल्गुन २०७३, मंगलवार १३:२७


कृष्ण कँडेल/फागुन १७, बागलुङ । नेकपा माओवादी प्रश्ताबित ढोरपाटन नगरपालिका अन्तरगत बोबाङ गाविसको वडा नम्बर–१ देखि ५ सम्मलाई समेटेर प्रश्ताब गरिएको वडा पालिकाको सम्मेलन आज बोबाङको नौघरटोलामा भएको छ ।

सम्मेलनले लिङ्कन घर्तीको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तुलबहादुर बिक, सचिवमा सुर्जनकुमार विक, सहसचिव ओमबहादुर पुन र कोषाध्यक्ष खिमकुमारी घर्ती रहनुभएको छ । 

कार्यक्रममा बोल्दै नेपाकपा माओवादी केन्द्रका पोटिलव्युरो सदस्य तथा बागलुङ जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले दुर्गम गाउँको विकासका लागि जनताका निर्वाचित प्रतिनिधि चाहिने भन्दै अबको निर्बाचनबाट लामो समयदेखि खाली रहेको स्थानिय तहमा नेतृत्व आउने बताउनुभयो । 

उहाँले एकात्मक र केन्द्रिकृत शासन प्रणाली हुँदा राज्यको पहुँचबाट बाहिर जस्तै रहेको पश्चिम बागलुङको बोबाङ पुर्वाधार विकासमा पछाडि परेको भन्दै संघियताको कार्यान्वयन पछि त्यसको अन्त्य हुने बताउनुभयो । 

नेता सागरले स्थानिय तहमा बिपन्न नागरिकका सवालको मुद्धा उठाएको राजनितिक दल र नेता छान्नुपर्नेमा नागरिकलाई सचेत बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो । 

सो अबसरमा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सेरमान घर्ती, ढोरपाटन नगरपालिका ईन्चार्ज राजेन्द्र कुँवर, सहईन्चार्ज चन्द्र अर्याल, संयोजक भिम गौतम र जिल्ला सल्लाहकार भद्रमणी सुनारले प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा नवगठित वडापालिका अध्यक्ष लिङ्कन घर्तीले अबको निर्वाचनमा स्थानिय रुपमा पार्टिलाई एक नम्बर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

सम्मेलन लिङ्कन घर्तीको अध्यक्षता, खुमबहादुर विकको स्वागत र देबबहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो । भोली बोबाङको वडा नम्बर–६ देखि ९ समेटिएको वडापालिकाको सम्मेलन हुने माओवादीले जनाएको छ ।     


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट