फागुन १७, डोटी | एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघमा ठुलो बिबाद देखिएको छ । संघको चौथो जिल्ला सम्मेलनबाट बिबाद सतहमा देखापरेको हो । स्रोतका अनुसार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १७, डोटी | एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघमा ठुलो बिबाद देखिएको छ । संघको चौथो जिल्ला सम्मेलनबाट बिबाद सतहमा देखापरेको हो । स्रोतका अनुसार"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले निकट अखिल नेपाल महिला संघमा बिबाद

१७ फाल्गुन २०७३, मंगलवार १५:५३

फागुन १७, डोटी | एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघमा ठुलो बिबाद देखिएको छ । संघको चौथो जिल्ला सम्मेलनबाट बिबाद सतहमा देखापरेको हो । स्रोतका अनुसार केन्द्रमा रहेको ओली र नेपाल पक्षको रुपमा रहेको महिला संघमा बिबाद देखिएको छ । 

चौथो सम्मेलनबाट दुईवटा जिल्ला समिति समेत घोषणा गरिएका छन् । दुबै समुहले आफुलाई आधिकारीक भएको दाबी गरिरहेका छन् । यसमा जिल्ला स्तरमा रहेका नेताहरु समेत एकअर्को पक्षलाई आधिकारिक भएको दाबी गरिरहेका छन् । मंगलबार बिहान ५ बजेसम्म जारी सम्मेलनमा बिबाद हुदा दुईवटा समुहले समानान्तर जिल्ला कमिटि सार्वजनिक गरेका हुन् । यसअघि जिल्ला कमिटि सदस्यहरु भने केही ठाउँमा निर्वाचन र केहीमा सर्बसम्मत रुपमा चयन गरिएको थियो । 

यस्तै समानान्तर देखिएका एक जिल्ला कमिटिको अध्यक्षमा बिष्ना सिंह र अर्कोको अध्यक्षमा सञ्जा रोकायाको टिम निर्वाचित भएको दाबी गरिएको छ । सिंहको अध्यक्षता रहेको टिममा उपाध्यक्षमा सिता बिक र देशरत्न डाँगी, सचिबमा मिना ओली, सह–सचिबमा अर्चना गहतराज, कोषाध्यक्षमा नारु बिक निर्वाचित भएको जनाईएको छ । यो समुहलाई अखिल नेपाल महिला संघका केन्द्रिय सचिब एबं सांसद गौरी ओलीले पनि समर्थन जनाएकी छन् । यो समुह अध्यक्ष केपी ओली निकट मानिन्छ । यस्तै रोकाया अध्यक्ष रहेको समितिमा उपाध्यक्षमा बिमला बम र मिना आउजी सचिबमा यशोदा शाह, उप–सचिबमा सत्य कुँवर र कोषाध्यक्षमा लक्ष्मी जोशी निर्वाचित भएको दाबी गरिएको छ । उक्त समुहलाई अखिल नेपाल महिला संघकी जिल्ला ईञ्चार्ज सिता राईमाझीले समर्थन जनाएकी छन् । यो समुह नेता माधबकुमार नेपाल निकट मानिन्छ । 

२५ जनाको रहेको जिल्ला कमिटी सदस्यमा १४ जना रोकायाको पक्षमा रहेकाले अध्यक्षतामा उनकै टिम आधिकारिक रहेको जिल्ला ईञ्चार्ज राईमाझीको दाबी गरिन् । उता निर्वाचनको प्रक्रिया चलेको बेला २ घण्टासम्म सम्पर्क गर्दापनि नआएको र बहुमत सदस्यको उपस्थितीमा सिंहलाई अध्यक्ष चुनिएको दाबी गर्दै उनी नै आधिकारीक अध्यक्ष रहेको केन्द्रिय सचिब ओलीको दाबी छ । नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लले पनि सिँह नेतृत्वकै समितिलाई आधिकारिक भएको बताएका छन् । ‘बिधि र पक्रिया अनुसार बिष्ना सिँहकै नेतृत्वको पदाधिकारी टिम आएको छ । यसैले सोही समुह आधिकारिक हो,’ उनले भने । संबिधानको कार्यान्वयनका लागि ‘जन परिचालन अभियान २०७३’ अन्तरगत गाउँ अभियान सम्पन्न गरेको डोटी एमाले संगठनहरुको सम्मेलन गर्न थालेको थियो । यसबाहेक एमालेको जिल्ला अधिबेसनको तयारी पनि सुरु भएको एमाले डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट