नन्दराम जैशी/फागुन १८, जुम्ला । यस बर्षको गजराज स्मृति आदर्श व्यक्तित्व विषेश सम्मान जुम्लाका हरि बहादुर रोकाया लाई प्रदान गरिएको छ । 

मंगलबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/फागुन १८, जुम्ला । यस बर्षको गजराज स्मृति आदर्श व्यक्तित्व विषेश सम्मान जुम्लाका हरि बहादुर रोकाया लाई प्रदान गरिएको छ । 

मंगलबा"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

“कर्णालीका हिम चितुवा” धावक रोकाया गजराज स्मृति आदर्श व्यक्तित्वबाट सम्मानित

२०७३, १८ फाल्गुन बुधबार ०२:१५


नन्दराम जैशी/फागुन १८, जुम्ला । यस बर्षको गजराज स्मृति आदर्श व्यक्तित्व विषेश सम्मान जुम्लाका हरि बहादुर रोकाया लाई प्रदान गरिएको छ । 

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमका वीच अन्र्तराष्ट्रिय म्याराथुन खेलाडि गजराज श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रममा उत्कृष्ठ प्रशिक्षकका रुपमा रोकायालाई सम्मान गरिएको हो । २ पटक गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउन सफल रोकायालाई अन्र्तराष्ट्रिय खेलाडि, उत्कृष्ठ खेलाडि उत्पादन र उत्कृष्ठ प्रशिक्षकको रुपमा  विषेश कार्यक्रमका वीच सम्मान गरिएको छ ।


 देशको नाममा १३ वटा राष्ट्रिय तथा ३१ वटा अन्र्तराष्ट्रिय खेल खेल्नु भएका रोकायाले सन १९९९ र २००० मा आफ्नै नाममा रहेको विश्व किर्तिमान तोड्दै गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउनु भएको थियो । एथ्लेटिक्स प्रशिक्षक रोकायालाई ताम्रा पत्र, प्रमाण पत्र र नगद २५ हजार सहित सम्मान गरिएको हो । जिल्लामा खेलाडिहरुको उचित सम्मान हुन नसकेको अवस्थामा आफ्नो  संघर्षको सम्मान केन्द्रले गरेमा रोकायाले खुसी व्यक्त गर्नु भयो । आजको सम्मान  आफु थप हौसला मिलेको उहाँले बताउनु भएको छ । काठमाडौ सम्मानित भएपछि माउन्टेन टुडे दैनिकसंग कुराकानी गर्दै रोकायाले भन्नुभयो- यो सम्मान मेरो निरन्तर संघर्षले आर्जेको सम्पति हो ।

 अन्र्तराष्ट्रिय ख्याति प्राप्त हरि बहादुर रोकाया अहिले ५१ वर्ष नाघि सक्नु भएको छ । तर औपचारिक खेल जीवन विश्राम लिइसक्नु भएका रोकाया गृह जिल्ला जुम्लामा आफु जस्तै खेलाडि उत्पादन गर्ने अभियानमा संघर्षरत हुनुहुन्छ । उनीहरुलाई पछि गएर दक्ष खेलाडि तथा प्रशिक्षक बनाउने सपना रोकायाको रहेको छ । ११ वर्षको उमेर पहिलो  पटकमा दौड प्रतियोगितामा भाग लिनु भएका रोकाया त्यतिबेलाको क्षणलाई सम्झदै  निरन्तरको प्रयासले आफनो जीवनको यो क्षण सम्म पुग्न मद्दत गरेको भन्दै विगतलाई सम्झिनु भयो ।

जुम्लामा अन्य खेलहरु भन्दा पनि उहाँकै अगुवाईमा अहिले एथ्लेटिक्स खेल विस्तारको क्रममा रहेको छ । देशमा तथा विदेशमा थुप्रै अवसरमा प्राप्त गर्नु भएका रोकाया अहिले गृह जिल्ला जुम्लामा एथ्लेटिक्सको प्रशिक्षणका व्यस्त हुनुहुन्छ । भने उहाँसंग करिब ३० जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिईरहेका छन् । पुर्व राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडि संघको आयोजना कार्यक्रम सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा