सरु शर्मा/फागुन १८, नवलपरासी । त्रिभुवन बिश्व बिधालय अन्तरगतका बिभिन्न क्याम्पसमा आज स्वतन्त्र बिधार्थी युनियनको स्ववियु चुनाव भैरहेको छ ।
नवलपरासीमा पनि २ वटा क्याम्पसमा चुनावि प्रकृया जारी छ । नवलपरासीका ६ वटा क्याम्पसमा चुनाव हुने भनिएपनि महाकवि देवकाटा क्याम्पस सुनवल र दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाटमा मात्रै चुनाव भएको हो । अन्य क्याम्पसमा भने बिभिन्न सँगठनमा आबद्ध बिधार्थीहरुले स्वबियु चुनावको बिरोध जनाएर तालाबन्दि गरेका कारण चुनाव हुन नसकेको हो ।
नवलपरासीका २ वटा क्याम्पस मध्य महाकवि देवकाटा क्याम्पस सुनवलमा बिहान ७ बजे देखि दिउसो १ बजे सम्म मतदानको समय निर्धारण गरीएको र अहिले मतदान प्रकृया सम्पन्न भएको निर्बाचन अधिकृत शिव नेपालले जानकारी दिनुभयो । सो क्याम्पसमा जम्मा ४ सय ८२ मतदाता रहेकोमा ४ सय २५ मत खसेको उहाले बताउनुभाये । मतदान प्रकृया सम्पन्न भईसकेकाले अव केहीबेरमा मतगणना जारी हुने निर्बाचन समितिले जनाएको छ ।
यस्तै दिब्य ज्योति बहुमुखी क्याम्पस बर्दघाटमा भने मतदानकार्य जारी रहेको बताईएको छ । ३ बजे सम्ममा मतदान प्रकृया सकिने र त्यसपछि मतगणना सुरुहुने निर्बाचन अधिकृत सागर पाण्डेले बताउनुभयो । सो क्याम्पसमा ९०४ मतदाता बिधार्थी रहेका छन् ।
देशभरका २०० क्याम्पसमा स्ववियु चुनाव हुने भनेर तयारी सम्पन्न गरीए पनि आज बिभिन्न कारणले गर्दा कतिपय क्याम्पसको निर्बाचन स्थगित भएका छन् । चुनाव भएको स्थानमा ८ बर्ष पछि भएको चुनावमा सहभागिता जनाउन पाउदाँ आफुहरुलाई खुशीलागेको प्रतिक्रिया बिधार्थीहरुले दिएका छन् ।