१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निर्वाचन कसैले रोकेर रोकिन्न: सागर

१८ फाल्गुन २०७३, बुधबार १५:४७

कृष्ण कँडेल/फागुन १८, बागलुङ । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिकाको बोबाङ गाविसको वडा नम्बर–६ देखि ९ सम्म पर्ने माथिल्लो वडापालिकाको सम्मेलन आज लाँकुरीबोटमा भएको छ । 

सम्मेलनले भन्द्रमनि सुनारको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रेशम पुन, सचिवमा होमलाल भुषाल, सहसचिव मञ्जीता पुन र कोषाध्यक्ष निरन घर्ती रहनुभएको छ । 

भेलामा बोल्दै माओवादी केन्द्रका पोटिलब्युरो सदस्य तथा बागलुङ जिल्ला ईन्चार्ज चन्द्रबहादुर बुढा सागरले अब स्थानिय तहको निर्बाचन कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले निर्वाचन आयोगले निर्वाचन आचारसहिंता समेत जारी गरिसकेकाले अब निर्वाचन हुँदैन भनेर भन्नुको कुनै औचित्य नरहेको बताउनुभयो । उहाँले मधेश लगायतका ठाउँमा रहेको असन्तुष्टि सम्बोधनका लागि केन्द्रमा नियमित छलफल भईरहेको बताउनुभयो । 

उहाँले निर्वाचनपछि स्थानिय विकासका लागि अब स्थानिय जनप्रतिनिधिले नै काम गर्ने वातावरण बन्ने बताउनुभयो ।  

कार्यक्रममा ढोरपाटन केन्द्रिय सदस्य तथा ढोरपाटन नरपालिका ईन्चार्ज राजेन्द्र कुँवर, केन्द्रिय सल्लाहकार सेरमान घर्ती, नगरपालिका संयोजक भिम गौतम, तल्लो वडापालिका अध्यक्ष लिङ्कन घर्ती, उपाध्यक्ष तुलबहादुर बिक, जिल्ला सदस्य विरबहादुर घर्ती लगायतले मन्तव्य राख्नुभएको थियो । 

सम्मेलन भद्रमणि सुनारको अध्यक्षता, खुमबहादुर विकको स्वागत र श्यमबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । सुदर्शन घर्तीले खवर पठाउनुभएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट