कविता उपाध्याय/फागुन २०, रोल्पा । नेपाली कांग्रेस रोल्पाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्राईलाई संझिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/फागुन २०, रोल्पा । नेपाली कांग्रेस रोल्पाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्राईलाई संझिएको छ । "/>

2026-09-19 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली कांग्रेसले निष्ठाको राजनीति गर्नुपर्नेमा जोड


कविता उपाध्याय/फागुन २०, रोल्पा । नेपाली कांग्रेस रोल्पाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्राईलाई संझिएको छ । सन् १९८१ मा जन्मिएका नेता भट्राइको वि.सं.२०६७ सालमा निधन भएको थियो । 

नेता भट्राइको छैठौ स्मृती दिवसका अवसरमा रोल्पाको लिबाङमा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले गुट उपगुटको राजनीति त्यागेर नेता भट्राइले देखाएको बाटोमा हिड्न र निष्ठाको राजनीति गर्न सकेमात्र थप उपलब्धि हासिल गर्न सकिने बताएका छन् । 

जिल्ला कार्य समितिका कार्यबाहक सभापति तथा नेपाली कांग्रेस रोल्पाका सचिव मोहन परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान उपसभापति इन्द्रबहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खत्रीले अग्रजहरुले देखाएको बाटोमा नेपाली कांग्रेस हिड्न नसकेको भन्दै दुःख प्रकट गर्नुभयो । यसैवीच उहाँले नेतृत्व सही बाटोमा हिडेमात्र कार्यकर्ताले सहीमोड लिन सक्ने बताउदै स्वार्थ र पद लोलुपताको राजनीतिले पार्टीलाई धरापमा पार्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष परियारले एकले अर्काको अस्तित्व नस्वीकारेमा राजनीतिको डुङा डुब्दै गर्दा नेपाली कांग्रेस डुब्ने र उत्रदै गर्दा नेपाली कांग्रेस उत्रने कुरालाई सबैले भुल्न नहुने बताउनु भयो । उहाँले निदाएकाहरुलाई ब्युझाउन सजिलो हुने भएपनि सुतेको बाहना  गर्नेहरुलाई ब्यूझाउन नसकिने बताउनु भएको छ । 

यसैवीच नेपाल विद्यार्थी संघका अध्यक्ष शेरबहादुर थापाले नेपाल विद्यार्थीसंघ पार्टीको नर्सरी भएको हुँदा यो नर्सरीलाई मलजल गरेर बचाउनु पर्नेमा जोड दिनुभयो । उहाँले हरेक पार्टीभित्र विमती हुन्छ तर विमतीभित्र सहमती खोज्नु नै बुद्धिमानी हुने बताउनु भएको छ । 

असली कांग्रेस पाटी भाड्न होइन मिलाउन तर्फ लाग्नुपर्नेमा उहाँको जोड छ  ।  कार्यक्रममा नेपाली कांग्रेसका भातृ तथा सुभेच्छुक संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई