फागुन २१, दाङ । दाङमा पार्कीङ गरेर राखेको बसमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
घोराही १० स्वर्गद्धारी टोलमा पार्किङ गरी राखिएको ना ३ ख ९०२२ "/>

घोराही १० स्वर्गद्धारी टोलमा पार्किङ गरी राखिएको ना ३ ख ९०२२ नम्वरको वसमा शनिवार विहान करिब १: ३० बजेतिर आगलागि भएको थियो ।
आगलागी भएको थाहा पाएपछी नेपाल प्रहरी र घोराही नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । घोराही-रोल्पा चल्ने राप्ती अञ्चल सार्वजनिक यातायातको बस घोराही ११ रतनपुर निवासी लक्ष्मण डिसीको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले वसमा आगो लाग्दा बस भित्रै सुतिरहेका ती व्यक्ति जलेर मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ । मृतक अन्दाजी २५ बर्ष जतिको रहेपनि अनुहार, हात खुट्टा एंव शरिरका विभिन्न भाग जलेकोले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।
मृतक युवकले चुरोट खाएर फालेको ठुटाबाटै आगो सल्किएको हुनसक्ने भन्दै अनुसन्धान पछि मात्रै सत्य तथ्य खुल्ने दाङ प्रहरीले जनाएको छ । मृतकको शव पोष्ट मार्टमका लागि राप्ती उप–क्षेत्रीय अस्पताल घोराहीमा लगिएको छ ।