फागुन २१, झापा । नेकपा (एमाले)ले स्थायी कमिटीका सदस्य सुवास नेम्बाङले राष्ट्रिय स्वाधीनताका लागि आफ्नो पार्टी कसैसँग नझुक्ने बताउनुभएको छ । 

संविधान र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २१, झापा । नेकपा (एमाले)ले स्थायी कमिटीका सदस्य सुवास नेम्बाङले राष्ट्रिय स्वाधीनताका लागि आफ्नो पार्टी कसैसँग नझुक्ने बताउनुभएको छ । 

संविधान र"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय स्वाधीनताका लागि एमाले कसैसँग झुक्दैन: नेम्बाङ

२१ फाल्गुन २०७३, शनिबार १३:१६

फागुन २१, झापा । नेकपा (एमाले)ले स्थायी कमिटीका सदस्य सुवास नेम्बाङले राष्ट्रिय स्वाधीनताका लागि आफ्नो पार्टी कसैसँग नझुक्ने बताउनुभएको छ । 

संविधान र निर्वाचनका लागि आजबाट सुरु भएको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत दमकमा आयोजित जनसभामा नेता नेम्बाङले गत वर्ष भारतीय पक्षबाट नेपालका लगाइएको इन्धनको नाकाबन्दीलाई सरकार र जनताले पराजित गरेको उल्लेख गर्दै देशको स्वाभिमानलाई थप उँचो बनाउन पार्टीले अभियान थालनी गरेको जनाउनुभयो । 

पूर्व सभामुख नेम्बाङले आदिवासी, जनजाति र तराई मधेसदेखि हिमाल पहाडसम्मका जनताको सच्चा पार्टी नै एमाले भएकाले यसविरुद्ध फैलाइएका भ्रमहरु अभियानले चिर्र्ने विश्वास व्यक्त गर्नुभयो । 

संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो पार्टीको १५ दिने राष्ट्रिय अभियान आजै काँकडभित्ताबाट सुरु भएको हो । काँकडभिट्टाबाट बिर्तामोड हुँदै दमकमा सभा गरिएको हो । अभियानअन्तर्गत पार्टी प्रवेश, सम्मान, सांस्कृतिक कार्यक्रम र झाँकी प्रदर्शन भएको थियो । 

ती सबै कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, नेम्बाङ, सत्यनारायण मण्डललगायतका नेता निरन्तर सहभागी हुनुहुन्छ । 

शीर्ष नेताहरु आज साँझ दमकस्थित स्थानीय कार्यकर्ताको घरमा सामूहिक आवास गर्नुहुनेछ । काँकडभिट्टाबाट मूल सडक हुँदै बिर्तामोड र दमकमा शीर्ष नेता र कार्यकर्ता सवार गाडीलाई ठाउँ ठाउँमा स्थानीयवासीबाट स्वागत गरिएको थियो । 

एमाले प्रचार विभागका सचिव विष्णु रिजालले अभियानमा कार्यकर्ता र जनस्तरको सहभागिता उत्साहजनक रहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन