कृष्ण कँडेल/फागुन २१, बागलुङ्ग । नेकपा एमाले बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ को दोस्रो क्षेत्रीय अधिवेशनको आज बुर्तिबाङ बजामा उद्घाटन गरिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन २१, बागलुङ्ग । नेकपा एमाले बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ को दोस्रो क्षेत्रीय अधिवेशनको आज बुर्तिबाङ बजामा उद्घाटन गरिएको छ । 

2026-09-19 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमालेको क्षेत्रीय अधिवेशन बुर्तिबाङमा उद्घाटन

 

कृष्ण कँडेल/फागुन २१, बागलुङ्ग । नेकपा एमाले बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ को दोस्रो क्षेत्रीय अधिवेशनको आज बुर्तिबाङ बजामा उद्घाटन गरिएको छ । 

अधिवेशनको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर–४ का सहईञ्चार्ज गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटनपछि बोल्दै पोलिटब्युरो सदस्य तिमिल्सिनाले संविधान संसोधन विधेयक कुनैपछि हालतमा पारित हुन नदिने दावि गर्नुभयो । 

उहाँले मुलुकलाई विखण्डन गर्ने विधेयक पारित भए मुलुकको सार्बभौमसत्ता नै खतरामा पर्ने तर्क गर्नुभयो । उहाँले नेकपा एमाले निर्वाचन मार्फत संविधान कार्यान्वयन गरेर मुलुकको समृद्धि लागि अघि बढ्न चाहेको बताउनुभयो ।

उहाँले मुलुकको विकासका लागि जनहितको काम गरेकै कारण सरकारबाट हट्नुपरेको दाबि गर्नुभयो  ।

पोलिटब्युरो सदस्य तथा संसदिय दलका सचेतक गोकुल घर्ती अहिले मधेशि, दलित जनजाती सवैको अधिकार र प्रतिनिधित्व सुनिष्चित गरेको भन्दै अहिलेको संविधान मधेष विरोधि, महिला विरोधि तथा जनजाती विरोधि भएको भन्नुको कुनै औचित्य नरहेको बताउनुभयो । प्राप्त उपलब्धिको रक्षाका लागि पनि निर्वाचन मार्फत संविधान कार्यान्वयनको खाँचो औँल्याउनुभयो । 

कार्यक्रममा केन्द्रिय सदस्य भुपेन्द्र थापा, बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपाली, बागलुङ्ग जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा, उपसचिव तथा निर्वाचन क्षेत्र नम्बर–३ का ईन्चार्ज विष्णु भुषाल, जिल्ला सदस्य शिान्ति अधिकारी र प्रेम गलामीले मुलुकको समृद्धि र विकासका लागि आगामी निर्वाचनमा एमालेलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । 

कार्यक्रममा नेकपा एमालेका नेता तथा किसान महासंघका स्थायि समिति सदस्य मोहनलाल शर्मा, बेगबहादुर पुन र गुणनिधि घिमिरेलाई पार्टिका लागि विशेष योगदान गरेको भन्दै सम्मान गरिएको थियो । 

सो अवसरमा राष्ट्रिय जनसांस्कृतिक मञ्चका कलाकारहरुले प्रगतिशिल गित र नृत्य प्रश्तुत गरेका थिए । उद्घाटन कार्यक्रम क्षेत्रीय संयोजक ज्ञानप्रसाद कँडेलको अध्यक्षता, जिल्ला सदस्य केसर छन्त्यालको स्वागत र कृष्ण भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो । 

औपचारिक कार्यक्रम सुरु हुनुभन्दा पहिले बाजागाजा सहितको ¥यालीले बुर्तिबाङ्ग बजारको परिक्रमा गरेको थियो । उद्घाटन कार्यक्रमको रेडियो बुर्तिबाङ्ग ९५.६ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरेको थियो । नयाँ नेतृत्व चयनका लागि आजै बन्दसत्र हुने एमालेले जनाएको छ ।

निर्वान क्षेत्र नम्बर–३ का २० गाविसबाट विधान अनुसार छनोट भएका १ सय १६ जना प्रीतनिधि सहभागी हुने अधिवेशनको बन्द शत्रले आगमी ३ बर्षे कार्यकालका लागि ३१ सदस्यीय नयाँ कार्या समिति निर्वाचन गर्नेछ । 

अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्ष सहित कार्यसमिति समावेशी हुने गरि नयाँ कार्यासमिति निर्वाचित हुने क्षेत्रीय संयोजक ज्ञानप्रसाद कँडेलले जानकरी दिनुभयो । 

अधिवेशनको नेकपा एमालेका केन्द्रिय सचिब तथा पुर्बउर्जामन्त्री गोकर्ण बिष्टले सम्बोधन गर्ने कार्यक्रम तय भएकोमा विष्ट आजदेखि सुरु हुने एमालेको मेचिकाली अभियान उद्घाटन कार्यक्रममा पुर्ब जानुपर्ने भएपछि उहाँ कार्यक्रममा आउनुभएन । 

सर्बसम्मत नेतृत्व चयन भए आजै र निर्वाचन हुने अबस्था आए भोलीसम्म नयाँ नेतृत्व चयन हुने एमालेले जनाएको छ । अध्यक्षका लागि बर्तमान क्षेत्रीय संयोजक ज्ञानप्रसा कँडेल, उमेश बुढा, कमल घिमिरे र दिपक रायमाझिको आकाङ्क्षा रहेको चर्चा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई