फागुन २२, बागलुङ्ग । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत अधिकारीचौरको वडा नम्बर–३ देखि ६ सम्म पर्ने वडा पालिकाको सम्मेलन शनिबार ओखरेनीमा भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २२, बागलुङ्ग । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत अधिकारीचौरको वडा नम्बर–३ देखि ६ सम्म पर्ने वडा पालिकाको सम्मेलन शनिबार ओखरेनीमा भएको छ "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निर्वाचन मार्फत उपब्धिको रक्षा नगरे गुम्ने खतरा: कुँवर

२२ फाल्गुन २०७३, आईतवार ०२:३६


फागुन २२, बागलुङ्ग । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत अधिकारीचौरको वडा नम्बर–३ देखि ६ सम्म पर्ने वडा पालिकाको सम्मेलन शनिबार ओखरेनीमा भएको छ । 

सम्मेलनले जितबहादुर विकको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्ष  गनबहादुर विक, सचिव दिलमायाँ विक, सहसचिव रवि विक र कोषाध्यक्ष एलिसा विक रहनुभएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा ढोरपाटन नगरपालिका ईन्चार्ज राजेन्द्र कुँवरले निर्वाचन मार्फत संविधान कार्यान्वयन गरेर प्राप्त उपलब्धिको संस्थागत हुन नसके ति उपलब्धि गुम्ने खतरा रहेको औँल्याउनुभयो । ईन्चार्ज कुँवरले परिबर्तनका पक्षधर शक्ति एकजुट भएर त्यसको कार्यान्वयनमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले पछाडि परेको बर्ग क्षेत्रको समानुपातिक प्रतिनिधित्व सहितको स्थानिय तहको निर्वाचनले महिला, दलित जनजाती समुदायको नेतृत्व स्थापित गर्ने बताउनुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सेरमान घर्ती, ढोरपाटन नगरपालिका संयोजक भिम गौतम, जिल्ला सदस्य नरबहादुर विक र छबिलाल विकले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम रनबहादुर विकको अध्यक्षता, क्षेत्रबहादुर भण्डाराीको स्वागत र जितबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै