पढ्न करिब 3 मिनेट लाग्छ

नन्दराम जैशी/फागुन २२, जुम्ला । जुम्लामा शनिबार सम्पन्न एक कार्यशाला गोष्ठिका सहभागि महिलाहरुले गोष्ठिको समापनमा जिल्ला स्थीत राजनितिक दलहरको सहभागिता नभएकोमा दुख ब्यक्त गरेका छन् ।

महिला समानुपातिक समाबेशि प्रतिनिधित्व सम्बन्धी २ दिने अभिमुखिकरण कार्यशाला गोष्ठिका सहभागि महिलाहरुले जिल्लाका सबै राजनितिक दलहरुलाइ गोष्ठिको समापनमा उपस्थीतका लागि अनुरोध सहित पत्रचार गरीएपनि सहभागिता नभएकोमा दुख ब्यक्त गरेका हुन् । महिलाको कार्यक्रममा पुरुष नेताहरुको सहभागिता नहुनुमा दलका नेताहरुले महिलाका कार्यक्रमलाइ उपेक्षा गर्न खोजेको सहभागि महिलाहरुको दावि छ ।

सहभागि महिला राजकलि सार्कि, बिष्णुदेवि आचार्य, गंगादेवि उपाध्यायले सबै पार्टिका महिलाहरु आबद्ध संजालको कार्यक्रममा पार्टिकै पुरुष नेताहरुको सहभागिता नहुनुमा महिलालाइ पनि राजनितिमा दोस्रो दर्जाले हेरिएको आरोप लगाउनुभयो ।

जिल्लामा रहेका महिलाहरुको क्षमता अभिबृद्धि गर्न अन्तरपाटि महिला संजाल जुम्लाद्धारा आयोजित कार्यशाला गोष्ठि संजालकि अध्यक्ष मिठु खत्रिको अध्यक्षतामा सम्पन्न भएको हो । गोष्ठिको समापनमा बोल्दै पुर्व सांसद तथा अन्तरपाटि महिला संजालकि केन्द्रीय महासचिब निलम बर्माले गोष्ठिमा महिलाहरुले आफ्ना दुख, पिडा, अनुभव सुनाएर पुरुष नेताको साथ सहयोग सहित प्रतिबद्धता चाहेको अवसरमा पुरुष नेताहरुको कार्यक्रममा सहभागिता नहुनु राजनितिमा समाबेशि नभएको बताउनुभयो ।

संविधान र हरेक पार्टिको विधि विधानमा उल्लेख भए अनुसार सबै निकायमा महिलाको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने उहाको भनाइ छ । पुर्व सांसद तथा अन्तरपाटि महिला संजालकि केन्द्रीय सदस्य कल्याणी रिजालले महिलाका एजेण्डामा जिल्लाका सबै पाटि तथा निकायमा आबद्ध महिलाहरु एकजुट भएर अघि बढ्न अनुरोध गर्दै जिल्लाका सबै दलहरुलाइ असल महिला नेतृत्वका लागि महिलालाइ अवसर दिन उहाको सुझाब छ ।

७५ वटै जिल्लामा अन्तरपाटि महिला संजाल गठन भएको जानकारी दिदै संजालमा १० पार्टिक महिलाहरुको प्रतिनिधित्व रहेको उहाले बताउनुभयो । अन्तरपाटि महिला संजाल जुम्लाकि सचिब बिष्णुमाया बुढाले राजनितिक उपेक्षाकै कारण संजालको कार्यालय ब्यवस्थापनमा समस्या भएको बताउनुभयो ।

सबे पाटिका महिला अगुवाहरुको संजालमा आबद्धता रहेपनि राजनितिक उपेक्षाका कारण संजालको उदेश्यय अनुसार काम गर्न नसकिएको उहाको भनाइ छ । नेपालि कांग्रेस जुम्लाका सदस्य लक्ष्मण शाहिले महिला सहभागिता र नेतृत्व बिना पार्टि संचालनको कल्पना गर्न नहुने भन्दै आफ्नो पार्टिले महिला सहभागिताका लागि उचित स्थान दिएको बताउनुभयो । स्थानिय निर्वाचनमा महिलाहरुको महत्वपुर्ण भुमिका रहने बताउदै पार्टिले महिला प्रतिनिधित्वका लागि स्थान दिन कुनै कसुर बाँकि नराख्ने उहाको भनाइ छ ।

माओबादि केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी प्रसाद उपाध्यायले द्धोन्द कालदेखि पार्टिले महिलाका समस्या मुख्य रुपमा उजागर गरेको जानकारी दिदै महिलाका हितका लागि काम गर्ने माओबादि केन्द्र एक मात्र पाटि रहेको दावि गर्नुभयो ।

राप्रपा जुम्लाकि सदस्य बसन्ता कुमारि शाहिले ३३ प्रतिशत महिला अधिकार कागजमा मात्र सिमित रहेको धारणा राख्नुुभयो । पत्रकार डिवि बुढाले महिलाको कार्यक्रममा पुरुष नेताहरुको सहभागिता नहुनुले महिलाका माग सम्बोधनमा नेताहरु कटिबद्ध छन् या छैनन् भन्नेमा प्रश्न चिन्ह्र खडा भएको बताउनुभयो ।