फागुन २२, दार्चुला । राष्ट्रको चौथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्रको छाता संगठन नेपाल पत्रकार महासंघ दार्चुलाको चौथो अधिबेशनबाट समहतीका साथ पुनः शंकरसिह धामीलाई जिल्ला शाखाको अध्यक्षमा चयन गरेको छ ।
शाखाको उपाध्यक्षमा पुनः राजेन्द्रसिह धामी, महिला उपाध्यक्षमा शुसिला ठगुन्ना, सचिवमा कृष्णसिह धामी, सहसचिवमा मनोरथ बडु र धौली बडाल तथा कोषाध्यक्षमा भोजराज जोशी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रामसिह धामी, गगनसिह विष्ट, इश्वरी बुढाथोकी र दिपक दमाई सहित ११ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ । जिल्ला कार्यसमितिमा नेपाल प्रेस चौतारीका ८ प्रेस युनियनका २ र प्रेस सेन्टरका १ जना सदस्य रहेका छन् ।
त्यसैगरी ६ सदस्यीय केन्द्रीय सभासद पनि अधिबेसनबाट चयन गरिएका छन् । केन्द्रीय पार्षदहरुमा हिरासिह धामी, पदमसिह बडाल, नरेन्द्रसिह कार्की, प्रेम चुनारा, कलावती विष्ट र इन्द्रसिह साउँद रहेका छन् । केन्द्रीय पार्षदमा जिल्ला अध्यक्ष सहित प्रेस चौतारीका ५, प्रेस युनीयनका १ र प्रेस सेन्टरका १ सदस्य रहेका छन् ।
अधिबेशनले ८ सदस्यीय क्षेत्रीय सभासद पनि चयन गरेको छ ।
क्षेत्रीय सभाषदहरुमा लोकेन्द्र बहादुर बम, मिनबहादुर धामी, विरेन्द्रसिह महरा, नन्दा धामी, मञ्जु कल्याल, कमलराज जोशी, केशवदत्त भट्ट, र खेमराज बडु रहेका छन् । क्षेत्रीय पार्सदमा चौतारीका ५ र युनियनका ३ जना सदस्य रहेका छन् ।