२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

नेपाल पत्रकार महासङ्घ कैलालीको नयाँ नेतृत्व चयन

२३ फाल्गुन २०७३, सोमबार ०८:०६

फागुन २३, धनगढी । नेपाल पत्रकार महासङ्घ कैलालीको नवौ अधिवेशनले जिल्ला कार्यसमितिको अध्यक्षमा जगत साउदलाई निर्वाचित गरेको छ । 

आइतबार टीकापुरमा भएको अधिवेशनले नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत रहेका साउदले १०२ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

अध्यक्ष पदका अर्का प्रत्यासी हिक्मत रावलले ८० मत ल्याउनुभएको निर्वाचन अधिकृत हरि रेग्मीले जानकारी दिनुभयो । 

अठार सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा टङ्क कँुवर, दुर्गा देवकोटा, सचिवमा मीन ठकुरी, सहसचिवमा श्रवण देउवा, समावेशी सहसचिवमा राम चौधरी र कोषाध्यक्षमा हिमाल जोशी निर्वाचित हुनुभएको छ । 

केन्द्रीय पार्षदमा कर्ण शाह, भिष्मराज ओझा, भरत शाह, योगेश रावल, मातृका तिमिल्सेना, गणेश चौधरी, मोहन बुढाऐर, दुर्गा भण्डारी, एकिन्द्र तिमिल्सेना, रङ्ग तिमिल्सेना, हेमकर्ण विक, दीपक थापा, दीपक ओली, प्रेम चौधरी, महेन्द्र भण्डारी, महिला केन्द्रीय पार्षदमा सीता खनाल, तुल्सी देवकोटा, करुणा जोशी, पवन मुडभरी, सीता चौधरी निर्वाचित भएका छन् । 

प्रदेश पार्षदमा घनबहादुर शाह, मनमोहन स्वाँर, टेकबहादुर सार्की, लीलाराज खत्री, नवराज खनाल, युवराज न्यौपाने, कपिल भट्ट, भोजराज जोशी, दीपक ढुङ्गाना, भीम चौधरी, विष्णु दौल्याल, प्रकाश मिश्र, परमानन्द पाण्डे, मुकेश टेर्रा, ईश्वर सोडारी, डम्बर बम, एलबी बुढा, लोकेन्द्र रावल, बलबहादुर महरा, टीकाराम सुनार, मानबहादुर ठकुल्ला, घनश्याम पौडेल, पूर्ण थापा, नहकुल जिसी, कमल केसी र दीपेन्द्रराज भण्डारी निर्वाचित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य