२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरीमा प्रहरीको गोली लागेर एकको मृत्यु, तीन जनाको अवस्था गम्भीर

२०७३, २३ फाल्गुन सोमबार १२:२०

फागुन २३, सप्तरी । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य १२ जना घाईते भएका छन् । 

नेकपा (एमाले)को मेची महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्न्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आज आयोजना गरिएको आमसभालाई विथोल्न पुगेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा सो घटना हुन पुगेको हो । 

सभा विथोल्न पुगेका मार्चाका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट सप्तरी मलेखका रञ्जन मेहताको मृत्यु भएको मधेसी मार्चाका स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्दै गर्दा एक्कासी मार्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा मोर्चाका छ जना कार्यकर्ता घाइते भएका छन् । 

यसअघि आजै अध्यक्ष ओली कार्यक्रमस्थल पुग्नुअगावै पनि उक्त स्थानमा झडप हुँदा मोर्चाका छ जना कार्यकर्ता घाइते भएका थिए । घाइते सबैको सगरमाथा अस्पताल सराजविराजमा उपचार भइरहेको छ । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको बताइएको छ । 

एमालेको आमसभालाई बिथोल्नका लागि मोर्चाका नेता तथा कार्याकर्ता जिल्लाको विभिन्न स्थानमा आज बिहानैदेखि टायर बालेर कालो झन्डासहित लाठी जुलुस निकालेर प्रदर्शन गरिरहेका छन् । फाइल तस्बिर 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने