फागुन २४, काठमाडौँ । सङ्घीय गठबन्धनको बैठकले नेपाल बन्दलगायत विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । 

गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २४, काठमाडौँ । सङ्घीय गठबन्धनको बैठकले नेपाल बन्दलगायत विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । 

गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन "/>

2026-07-24 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघीय गठबन्धनद्वारा देशब्यापी आन्दोलनका कार्यक्रम घोषणा

फागुन २४, काठमाडौँ । सङ्घीय गठबन्धनको बैठकले नेपाल बन्दलगायत विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । 

गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आजको बैठकले सप्तरी सोमबार भएको घटनाको विषयलाई लिएर नेपाल बन्दसहित अन्य देशव्यापी जिल्ला सदरमुकामहरुमा प्ले कार्डसहितको र्याली प्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको हो । 

सङ्घीय गठबन्धनका प्रवक्ता डा ओम गुरुङले आज जारी गरेको प्रेस विज्ञप्तिमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा सात दिनभित्र फिर्ता लिन समेत सरकारसँग माग गरेको छ । 

सात दिनभित्र परिमार्जनसहित संविधान संशोधन नभएमा र स्थानीय तहको निर्वाचनको घोषणा फिर्ता नलिएमा सङ्घीय गठबन्धनमा आबद्व संसदमा प्रतिनिधित्व गर्ने दलहरु र मधेशी मोर्चाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत निर्णय गरेको छ । 

गठबन्धनले सप्तरी घटनामा मानवअधिकारको गम्भीर उल्लङ्घन भएकोबारे ध्यानाकर्षण गराउँदै मधेशी, आदिवासी जनजाति, दलित (शिल्पी), खस, थारु, मुश्लिम, महिला, उत्पीडित समुदाय, सीमान्तकृत र पिछडा वर्ग आदिको समस्याबारे जानकारी गराउन अन्तर्राष्ट्रिय समुदायसँग बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । 

बैठकले सप्तरीमा घटनामा प्रहरीको गोलीद्वारा ज्यान गुमाएका मृतकहरुलाई तत्काल सहीद घोषणा गर्न, मृतक परिवारलाई क्षतिपूर्ति दिन र घाइतेलाई स्वास्थ्य उपचार गर्न सरकारलाई आह्वानसमेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक