2026-07-24 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नेकपा माओवादी केन्द्र रणसिंहकिटेनीमा समिति गठन

फागुन २४, बागलुङ । नेकपा माओवादी केन्द्र बडिगाड गाउँपालिका अन्तरगत रणसिंहकिटेनी गाविसको वडा नम्बर–४ र ५ लाई समेटेर टोल ईकाई समिति तथा विभिन्न जनबार्गिय संगठन गठन गरिएको छ । 

दुबैवडाको संयुक्त भेलाले भिमबहादुर काउचाको अध्यक्षतामा १५ सदस्यीय टोलईकाई समिति गठन गरेको हो । समितिको उपाध्यक्ष देवानन्द काउचा, सचिव सेरबहादुर घर्ती र सहसचिव काजी काउचा रहनुभएको छ । 

अनिल श्रीसको संयोजकत्वमा योङ्ग कम्युनिष्ट लागि वाईसिएर र अनिल विश्वकर्माको संयोजकत्वमा दलित मुक्तिमोर्चा गठन गरिएको छ ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा वडिगाड गाउँपालिका ईञ्चार्ज राजिब घिमिरेले प्रश्तावित स्थानिय तहको कार्यान्वयनपछि राज्यको सेवा नागरिकको घरदैलोबाट प्रवाह हुने बताउनुभयो । 

उहाँले माओवादी आन्दोलनले उठाएका संघियता, समानुपातिक समावेशिता जस्ता प्रगतिशिल मुद्धाको कार्यान्वयनमा पनि माओवादीकै अगुवाई चाहिने भन्दै आगमी निर्वाचनमा पार्टिलाई बालियो बनाउने गरि लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 

कार्यक्रममा वाईसिएरका जिल्ला सचिवालय सदस्य राजनकुमार पाईजा र अर्का सचिवालय सदस्य मिलन रेश्मी मगरले युवाहरु संगठन निर्माण र पार्टिले गरेका कामको बारेमा स्थानिय नागरिकलाई सचेत बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो । 

कार्यक्रम भिमबहादुर काउचाको अध्यक्षता र सेरबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक