२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

पत्रकार महासंघ डडेल्धुरा शाखाकोअध्यक्षमा साउँद

२५ फाल्गुन २०७३, बुधबार ०८:३६

फागुन २५, डडेल्धुरा । तीन दिन सम्मको रस्साकस्सीपछि सबैको सहमतिमा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको नयाँ कार्य समिति चयन भएको छ ।

 मतदान नै गर्नेगरी दुई प्यानलमा उभिएका जिल्लाका क्रियाशिल पत्रकारका सबै संगठनहरुले अन्ततः मंगलबार सहमति गर्दै मान बहादुर साउदको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेका हुन् ।

प्रेस चौतारीका निवर्तमान अध्यक्ष रहेका साउद अध्यक्ष रहने गरी प्रेस चौतारी, प्रेस युनियन, पे्रस सेन्टर, प्रेस सोसाईटी र क्रान्तिकारी पत्रकार संगठनमा आवद्ध पत्रकारहरु गरी १४ सदस्सीय नयाँ समिति चयन भएको हो ।

चयन भएको नयाँ समितिको उपाध्यक्षमा राजेन्द्र ठगुन्ना, महिला उपाध्यक्षमा बन्दना बम, सचिवमा हिक्मत बहादुर सिंह, सह–सचिवमा पदम बोहरा, महिला सहसचिवमा गौरी नेपाली, कोषाध्यक्षमा हरिष चन्द, खुल्ला सदस्यहरुमा ललित बोहरा, ज्ञानेन्द्र भाट, लोकेन्द्र ओझा र राम खत्री रहेका छन् । 

त्यस्तै दलित सदस्यमा प्रकाश पार्की, महिला सदस्यमा किरण थापा र जनजाती सदस्यमा गणेश मगर रहेका छन् । यस अघि अध्यक्षको दाबी गर्दै आएका प्रेस चौतरी डडेल्धुराका बर्तमान अध्यक्ष उत्तर बिष्टले संगठन निमार्णको लागी आफु् जस्तो सुकै त्याग गर्ने सक्ने भन्दै अध्यक्षको पदमा उम्मेदवारी नदिए पछि सहमाती भएको थियो ।

यस्तै शाखाको छैटौँ जिल्ला अधिवेशनबाट ८ जना केन्द्रिय सभासद र १० जना प्रदेश सभासद सहमतिमै चयन भएका छन् ।

केन्द्रिय सभासदमा चयन भएकाहरुमा छत्र साउद, उत्तर बिष्ट, नवराज भण्डारी, संगीता भण्डारी, गणेश रोक्का, भुवनेश्वर बोहरा र लाल बहादुर ऐरी रहेका छन् ।

यस्तै प्रदेश सभासदमा झलक पाली, यादव ओझा, सम्झना पाण्डे, प्रजापति भूल, लक्ष्मीकान्त पनेरु, भुपेन्द्र बिष्ट, टेकराज अवस्थी, बरुण पनेरु, बाबुराम श्रेष्ठ र जनक ऐडी चयन भएका छन् । यसैबीच यता प्रदेश सभासदमै चयन भएका नेपाल प्रेस युनियन जिल्ला शाखा डडेल्धुराका अध्यक्ष टेकराज अवस्थी र प्रेस सेन्टर नेपालका जिल्ला शाखा अध्यक्ष करन ताम्राकारले असन्तुष्टि जनाउँदै सयुक्त प्रेश विज्ञप्ती जारी गरेका छन् ।

विज्ञप्तीमा बन्दसत्र समापन तथा मनोनयन पत्र समेत दर्ता नगरि निर्वाचन परिणाम घोषणा भएको भन्दै आपत्ति प्रकट गरिएको छ । साथै दुई संगठनका अध्यक्षहरुले जारी गरेको विज्ञप्तीमा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले आयोजना गर्ने बैठक, सहभागितात्मक उपस्थिति लगायतका सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने निर्णय भएको उल्लेख गरेका छन् ।

तर यता तिनै संगठनका व्यक्ति नयाँ समिति, केन्द्रिय सभासद र प्रदेश सभासदमा सहभागि रहँदा समेत विज्ञप्ती जारी गर्नु उनीहरुको आफ्नै लज्जा भएको चयन भएको नयाँ समितिले जनाएको छ । हारको निश्चित भईसकेपछि अनावश्यक बखेडा झिकेको आरोप लगाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो