२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रामेछापका एलडिओबाटै आचारसंहिता उल्लङ्घन, जिविसको गाडीमा दलका नेता

२०७३, २५ फाल्गुन बुधबार ११:५६

फागुन २५, रामेछाप । जिल्ला विकास समिति रामेछापले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको छ । 

रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले निर्वाचन आचारसंहिता विपरित जिल्ला विकास समितिको गाडीमा नेपाली काँग्रेसका नेता बोकेर योजना अनुगमन गर्न जानु भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले स्थानिय निकायको निर्वाचनमा आचारसंहिता उलङ्घन गर्नेलाई कारवाहि गर्ने चेतावनी दिएपनि स्थानीय विकास अधिकारीबाटै आचारसंहिता उलङ्गन भएको हो । 

स्थानीय विकास अधिकारी पन्तले बा २ झ ५५६ नम्बरको जिल्ला विकास समितिको गाडीमा बुधबार रामेछापको चनखु गाविसमा रहेका योजना अनुगमन गर्न भन्दै नेपाली कांग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ र क्षेत्र नम्बर २ का सभापति बिनोद कार्कीलाई लिएर जानु भएको हो । 

निर्वाचन आयोगले सरकार, सरकारी स्वामित्वमा रहेका संस्था, स्थानीय निकाय, राजनीतिक दल तथा सञ्चार माध्यम लगायतलाई १०४ बुँदे आचारसंहिता जारी गरेपनि रामेछापका स्थानीय विकास अधिकारीले त्यसलाई अटेर गर्नुभएको छ । 

यस विषयमा स्थानीय विकास अधिकारी पन्तले काँग्रेसका नेताहरु पनि चनखुकै भएकाले आफूसँगै आएको बताउनु भएको छ । रामेछापका प्रजिअ खत्रीले भने निर्वाचन अचारसँहिता लागु भएकाले सरकारी गाडीमा राजनीतिक दलका मानिस चढाउन नमिल्ने भन्दै यस बिषयमा थप अनुसन्धान गर्ने र दोषी पाईए कारबाहीका लागि सिफारिस गर्ने बताउनु भएको छ । -निरोजकुमार थापाको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा