फागुन २५, खोटाङ । तीन साताअघि लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रीता तामाङको हत्यामा संलग्न दोषी पत्ता लाग्न नसकेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २५, खोटाङ । तीन साताअघि लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रीता तामाङको हत्यामा संलग्न दोषी पत्ता लाग्न नसकेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआ"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१७ वर्षीय युवती हत्याको छानबिन अब सिआइबीले गर्ने

२५ फाल्गुन २०७३, बुधबार १५:०६

फागुन २५, खोटाङ । तीन साताअघि लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रीता तामाङको हत्यामा संलग्न दोषी पत्ता लाग्न नसकेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट टोली मगाइएको छ । 

गत माघ २६ गते छिमेकी गाविस सिम्पानी–७ स्थित कुसेऔँशी जङ्गलमा वीभत्स हत्या गरिएको अवस्थामा फेला परेकी किशोरीको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता नलागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले सिआइबीको टोली मगाएको हो ।

अहिलेसम्मको अनुसन्धानबाट दोषी पत्ता लगाउने लक्ष्य पूरा हुने सम्भावना कम देखिएकाले सिआइबीको टोली पठाइदिन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ । 

हत्यामा संलग्न दोषीलाई प्रहरीले पत्ता लगाउन नसकेको गुनासो बढ्दै गएपछि मानवअधिकार आयोगको टोलीले समेत स्थलगत अनुसन्धान थालेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा माघ २७ गते पाँच जना स्थानीयवासीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

जिल्लास्थित अन्तरपार्टी महिला सञ्जाल तथा महिला अधिकारकर्मीले अहिलेसम्म दोषी पत्ता नलाग्नुमा प्रहरीको समेत मिलेमतो रहेको आरोप लगाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता