सास । फागुन २५, बर्दिया ।
सप्तरी घटनाको विरोधमा संयुक्त संघीय गठबन्धनको आयोजनामा गरिएको तराई मधेसको बन्दको दोस्रो दिन आज बर्दियाको जनजीवन प्रभावित बन्यो । हिजो र आज विहानैदेखि लामो तथा छोटो दूरीमा सञ्चालन हुने ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । फागुन २५, बर्दिया ।
सप्तरी घटनाको विरोधमा संयुक्त संघीय गठबन्धनको आयोजनामा गरिएको तराई मधेसको बन्दको दोस्रो दिन आज बर्दियाको जनजीवन प्रभावित बन्यो । हिजो र आज विहानैदेखि लामो तथा छोटो दूरीमा सञ्चालन हुने ब"/>
२५ मंसिर २०८२, बुधबार
बर्दिया - BRD

बर्दियामा बन्द शान्तिपूर्ण : पर्सी नेपाल बन्द

२५ फाल्गुन २०७३, बुधबार १६:०१

सास । फागुन २५, बर्दिया ।
सप्तरी घटनाको विरोधमा संयुक्त संघीय गठबन्धनको आयोजनामा गरिएको तराई मधेसको बन्दको दोस्रो दिन आज बर्दियाको जनजीवन प्रभावित बन्यो । हिजो र आज विहानैदेखि लामो तथा छोटो दूरीमा सञ्चालन हुने बस तथा अन्य यातायातका साधनहरु पूर्ण रुपमा ठप्प रहेका थिए । सदरमुकाम गुलरियामा रहेका व्यापार, व्यवसायहरु बन्द देखिन्थे भने फलफूल पसल, होटल तथा औषधि पसलहरु भने खुला थिए । सडकमा साना सवारी साधनहरु, मोटरसाइकल, साइकलहरु भने चलेका देखिन्थे ।
यसैबीच भण्डाफोर र विरोधका कार्यक्रमहरु जारी रहने, भोलि साँझ मशाल जुलुस र पर्सि ३० दलको आव्हानमा नेपाल बन्दको कार्यक्रम रहेको लोकतान्त्रिक मधेशी मोर्चा बर्दियाका संयोजक केशव यादवले सास बर्दियालाई बताउनुभयो । आज सरकारलाई सात दिनको अल्टिमेटम बुझाएको छ जसमा मृतकका परिवारलाई क्षतिपूर्ती, घाइतेहरुको उपचार, सहमति नभएसम्म स्थानीय निर्वाचन स्थगित गर्ने लगायतका मागहरु रहेको वहाँले बताउनुभयो । अहिलेलाई यत्ति नै रहेको र बाँकी कार्यक्रमहरु होलीपछि सार्वजनिक गरिने संयोजक यादवले बताउनुभयो । साथै वहाँले आजको बन्द पूर्ण रुपमा सफल रहेको र बन्दका क्रममा कुनै पनि अप्रिय घटना नभएको बताउनुहुँदै हाम्रो उद्देश्य घटना घटाउनु हैन तर एमालेले आगोमा घिउ थप्ने काम गरेकोले परिस्थिति प्रतिकूल बनेको औंल्याउनुभयो ।
बन्दका कारण १०७औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउन ढाटा टाढाबाट सदरमुकाममा आएका महिलाहरुलाई यातायात बन्दका कारण सास्ती भोग्नु परेको थियो भने केही महिलाहरु ट्रयाक्टरमा चढेर महिला दिवसको कार्यक्रममा सहभागी हुन आएको देखिन्थ्यो ।
सदरमुकाम मुख्य चोक राधाकृष्णचोक ……..

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की