सास । फागुन २५, बर्दिया ।
सप्तरी घटनाको विरोधमा संयुक्त संघीय गठबन्धनको आयोजनामा गरिएको तराई मधेसको बन्दको दोस्रो दिन आज बर्दियाको जनजीवन प्रभावित बन्यो । हिजो र आज विहानैदेखि लामो तथा छोटो दूरीमा सञ्चालन हुने ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । फागुन २५, बर्दिया ।
सप्तरी घटनाको विरोधमा संयुक्त संघीय गठबन्धनको आयोजनामा गरिएको तराई मधेसको बन्दको दोस्रो दिन आज बर्दियाको जनजीवन प्रभावित बन्यो । हिजो र आज विहानैदेखि लामो तथा छोटो दूरीमा सञ्चालन हुने ब"/>
2026-09-18 11:43 PM
बर्दिया - BRD

बर्दियामा बन्द शान्तिपूर्ण : पर्सी नेपाल बन्द

सास । फागुन २५, बर्दिया ।
सप्तरी घटनाको विरोधमा संयुक्त संघीय गठबन्धनको आयोजनामा गरिएको तराई मधेसको बन्दको दोस्रो दिन आज बर्दियाको जनजीवन प्रभावित बन्यो । हिजो र आज विहानैदेखि लामो तथा छोटो दूरीमा सञ्चालन हुने बस तथा अन्य यातायातका साधनहरु पूर्ण रुपमा ठप्प रहेका थिए । सदरमुकाम गुलरियामा रहेका व्यापार, व्यवसायहरु बन्द देखिन्थे भने फलफूल पसल, होटल तथा औषधि पसलहरु भने खुला थिए । सडकमा साना सवारी साधनहरु, मोटरसाइकल, साइकलहरु भने चलेका देखिन्थे ।
यसैबीच भण्डाफोर र विरोधका कार्यक्रमहरु जारी रहने, भोलि साँझ मशाल जुलुस र पर्सि ३० दलको आव्हानमा नेपाल बन्दको कार्यक्रम रहेको लोकतान्त्रिक मधेशी मोर्चा बर्दियाका संयोजक केशव यादवले सास बर्दियालाई बताउनुभयो । आज सरकारलाई सात दिनको अल्टिमेटम बुझाएको छ जसमा मृतकका परिवारलाई क्षतिपूर्ती, घाइतेहरुको उपचार, सहमति नभएसम्म स्थानीय निर्वाचन स्थगित गर्ने लगायतका मागहरु रहेको वहाँले बताउनुभयो । अहिलेलाई यत्ति नै रहेको र बाँकी कार्यक्रमहरु होलीपछि सार्वजनिक गरिने संयोजक यादवले बताउनुभयो । साथै वहाँले आजको बन्द पूर्ण रुपमा सफल रहेको र बन्दका क्रममा कुनै पनि अप्रिय घटना नभएको बताउनुहुँदै हाम्रो उद्देश्य घटना घटाउनु हैन तर एमालेले आगोमा घिउ थप्ने काम गरेकोले परिस्थिति प्रतिकूल बनेको औंल्याउनुभयो ।
बन्दका कारण १०७औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउन ढाटा टाढाबाट सदरमुकाममा आएका महिलाहरुलाई यातायात बन्दका कारण सास्ती भोग्नु परेको थियो भने केही महिलाहरु ट्रयाक्टरमा चढेर महिला दिवसको कार्यक्रममा सहभागी हुन आएको देखिन्थ्यो ।
सदरमुकाम मुख्य चोक राधाकृष्णचोक ……..

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई