श्याम थापा/फागुन २५, नवलपरासी । विभिन्न संघसस्थाहरुको आयोजनामा १०७औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरि मनाएको छ ।
सो"/>

सो अवसरमा नवलपरासी जिल्लाको विभिन्न गा बि स हरु जमुनिया,रुपौलिया,कुडिया,दाउन्नेदेबि,त्रिबेणी सुस्ता र प्रतापपुर गरि ६ वटा गा बि स का गाउँ अधिकार मञ्च को आयोजनामा र ईन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नगरपालिका ९ पन्चनगरको सहयोगमा पनि विभिन्न कार्यक्रम गरि मनाएको छ ।
सो अन्तर्गत रुपौलिया गा बि स मा महिला हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम गरिएको छ भने जमुनिया गा बि स मा लेङ्गिक हिंसा विरुद्ध बारे छलफल गरिएको छ । त्यसैगरी कुडिया, त्रिबेणी सुस्ता, दाउन्नेदेबी र प्रतापपुर गरि यी ४ गा बि स मा महिला हिंसा विरुद्ध विभिन्न नाराहरु लगाई वडाहरु परिक्रमा गरि कोण सभा कार्यक्रम हरु गरि मनाएका छ्न ।
सो दिवसको अवसरमा ईन्द्रेणी सामाजिक बिकास मञ्च र गाउँ महिला अधिकार मञ्चले चलाएको संयुक्त लाल पुर्जा अभियान अन्तर्गत संयुक्त लाल पुर्जा बनाएका श्रीमान र श्रीमतिका जोडीहरुलाई दोसल्ला ओढाई र प्रमाण पत्रले सम्मान पनि गरिएको थियो ।
सम्मान पाउनेहरुमा जमुनिया गाबिसका ६ जना, रुपौलिया गा बि स का ३ जना र दाउन्ने देबि गा बि स को १ जना गरि १० जनाको जोडीलाई सम्मान गरिएको ईन्द्रेणी सामाजिक बिकास मञ्चका समाजिक परिचालक मन्जु कुमारी श्रेष्ठले बताउनु भयो ।