फागुन २६, कञ्चनपुर । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले नेपालीमाथि गोली चलाउँदा एक युवाको ज्यान गएको छ भने दर्जन बढी नेपाली घाइते भएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २६, कञ्चनपुर । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले नेपालीमाथि गोली चलाउँदा एक युवाको ज्यान गएको छ भने दर्जन बढी नेपाली घाइते भएका छन् । "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एसएसबीद्वारा सीमा क्षेत्रमा नेपालीमाथि गोली प्रहार, एक युवकको मृत्यु

२६ फाल्गुन २०७३, बिहीबार ०८:२५


फागुन २६, कञ्चनपुर । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले नेपालीमाथि गोली चलाउँदा एक युवाको ज्यान गएको छ भने दर्जन बढी नेपाली घाइते भएका छन् । 

सीमा क्षेत्र आनन्दबजारमा भारतीय हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले गोली चलाएको हो ।

गोली लागेर आनन्दबजार ६का २० वर्षीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।

विगत केही दिनयता भएको कल्भर्ट विबादपछि हिजो नेपालतर्फ आएर एसएसवीले नेपालीहरुका घरघरमा पसेर नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए । त्यसक्रममा नेपाली र भारतीयबीच झडप भएको थियो ।

त्यसैको विरोधमा नेपालीपक्षले आज बिहानैबाट प्रदर्शन गरेका थिए । नेपालीहरुले एसएसवीको ज्याजतीको विरोध गर्न थालेपछि एसएसवीले भारतीय भुमिबाट अन्धधुन्द गोली प्रहार गर्दा एक दर्जन नेपालीहरु घाइते भएका छन् । सीमा क्षेत्रमा अझै तनाव भइरहेको र स्थिति नियन्त्रण गर्न टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । तस्बिर: अनलाइनखबर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो