फागुन २६, कञ्चनपुर । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले नेपालीमाथि गोली चलाउँदा एक युवाको ज्यान गएको छ भने दर्जन बढी नेपाली घाइते भएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २६, कञ्चनपुर । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले नेपालीमाथि गोली चलाउँदा एक युवाको ज्यान गएको छ भने दर्जन बढी नेपाली घाइते भएका छन् । "/>

2026-09-19 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एसएसबीद्वारा सीमा क्षेत्रमा नेपालीमाथि गोली प्रहार, एक युवकको मृत्यु


फागुन २६, कञ्चनपुर । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले नेपालीमाथि गोली चलाउँदा एक युवाको ज्यान गएको छ भने दर्जन बढी नेपाली घाइते भएका छन् । 

सीमा क्षेत्र आनन्दबजारमा भारतीय हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले गोली चलाएको हो ।

गोली लागेर आनन्दबजार ६का २० वर्षीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।

विगत केही दिनयता भएको कल्भर्ट विबादपछि हिजो नेपालतर्फ आएर एसएसवीले नेपालीहरुका घरघरमा पसेर नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए । त्यसक्रममा नेपाली र भारतीयबीच झडप भएको थियो ।

त्यसैको विरोधमा नेपालीपक्षले आज बिहानैबाट प्रदर्शन गरेका थिए । नेपालीहरुले एसएसवीको ज्याजतीको विरोध गर्न थालेपछि एसएसवीले भारतीय भुमिबाट अन्धधुन्द गोली प्रहार गर्दा एक दर्जन नेपालीहरु घाइते भएका छन् । सीमा क्षेत्रमा अझै तनाव भइरहेको र स्थिति नियन्त्रण गर्न टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । तस्बिर: अनलाइनखबर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता