फागुन २६, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता राजकिशोर यादवले ७ दिनभित्र आफूहरुको ५ बुँदे माग पूरा नभए जनविद्रोह सुरु गर्ने चेतावनी दिएका छन् ।

बिहीबार रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २६, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता राजकिशोर यादवले ७ दिनभित्र आफूहरुको ५ बुँदे माग पूरा नभए जनविद्रोह सुरु गर्ने चेतावनी दिएका छन् ।

बिहीबार रि"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात दिनभित्र पाँच बुँदे माग पूरा नभए जनविद्रोह गर्छौं: यादव

२०७३, २६ फाल्गुन बिहीबार १०:२८

फागुन २६, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता राजकिशोर यादवले ७ दिनभित्र आफूहरुको ५ बुँदे माग पूरा नभए जनविद्रोह सुरु गर्ने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने,‘काँग्रेस र माओवादी केन्द्रलाई यो अन्तिम मौका हो, ७ दिनभित्र हाम्रा ५ बुँदे मागहरु पूरा भएन भने मधेश आधारशिला भएर देशभरि नै जनविद्रोह गर्छो, त्यसको गम्भिर गृहकार्यमा हामी जुटिसकेका छौं, अब मोर्चा चुप लागेर बस्दैन, छिट्टै घोषणा गर्छ ।’

यादवले आफूहरुले नखाएको विष खाएको जसरी प्रचार गरिएकोप्रति कडा आपत्ति जनाउँदै भने,‘एमाले पार्टी के हो भन्ने कुरा अब घामजस्तै छर्लङ् भैसकेको छ।’ उनले मधेशी जनतालाई अधिकार दिने कुरामा राज्यले कन्जुस्याँई गरेको आरोप लगाए ।

यादवले भने,‘निर्दोष जनता मधेशमा अब कति मर्ने ? हामी अब वारपारको लडाई लड्छौं ।’ आफूहरुको जनविद्रोहको स्वरुप कस्तो हुन्छ भन्ने कुरामा राज्यले दमन गर्ने शैलीबाट थाहा हुने समेत जनाए । उनले भने,‘राज्यले दमन गरे, हामीले बन्दुक उठाउने सम्मको सोच बनाएका छौं ।’

यादवले भने,‘मधेश आधारशिला बनाएर अब हामी उत्पीडित, शोषित, महिला, जनजाति, मधेशी, थारु, मुस्लिमहरुको अधिकारको लागि जनविद्रोह गर्छौं, तर जनविद्रोह माओवादी युद्ध जस्तो हुँदैन, स्वरुप कस्तो हुने भन्नेबारेमा हामी छलफल गर्छौं ।’

उनले आफूहरुको जनविद्रोह अब पुर्वको लिम्बुवानदेखि पश्चिमको खसाङ्सम्म र दक्षिको मधेश देखि उत्तरको शेर्पासम्म केन्द्रित हुने उनले चेतावनी दिए । उनले मधेशी मोर्चा अब मुलुकको वैकल्पिक शक्तिको रुपमा प्रस्तुत भैरहेको समेत जनाए ।

उनले एमालेको नश्लवादी चिन्तन र हठबाजी सोचाईका कारण सप्तरी घट्ना घटेको आरोप लगाए । उनले भने,‘यो घट्ना जुन किसिमले घटाईयो, यसको सम्पूर्ण जिम्मेवारी एमालेले लिनुपर्छ ।’ उनले एमालेले जनताको लागि भन्दापनि आफ्नो लागि राजनीति गरेको हो भन्ने कुरा सप्तरी घट्नाले प्रष्ट पारिसकेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस