२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आन्दोलनले कञ्चनपुर तनावग्रस्त

२७ फाल्गुन २०७३, शुक्रबार ०७:३४

भास्कर के.सी./फागुन २७, महेन्द्रनगर । बिहिबार कञ्चनपुरको पुर्नवासमा भारतीय एसएसबी को गोली लागेर एक नेपालीको मृत्यु भए पछि जिल्ला तनाव ग्रस्त भएको छ । 

बन्दका कारण बजार बन्द गरिएको छ, यातायात ठप्प पारिएको छ । 

घटनाको विरोध गर्दै मोओवादी केन्द्र ले प्रदेश नं. ७ बन्दको आव्हान गरेको हो । बन्दको अवज्ञा गरेको भन्दै मोटरसाइकलमा आएर केही विद्यार्थीहरुले भारतीय नागरिकले स्थानीय बजारमा गर्दै आएको ब्यापार केन्हरुमा समेत तोडफोड गरेका छन् । 

आन्दोलनकारीले जिल्ला प्राविधिक कार्यालयमा तोडफोड गरेका छन् भने म१ब १५१ नम्बरको सरकारी कार्यालयको मोटरसाइकल समेत तोडफोड गरेका छन् । सिडिओ कार्यालय मा नाराजुलुस गर्दै बजारका बिभिन्न स्थानमा जाराजुलुसका साथै टायर जलाएर बिरोध जनाएको छन् भने जिल्ला यातायात कार्यालयमा समेत तोडफोड गरेका छन् ।

बिहिबार नै विद्यार्थीहरुले भारतीय नम्बरको मोटरसाइकलमा आगजानी गरेका छन् भने केही गाडीहरुमा तोडफोड समेत गरेका छन् । उता भारतीय सीमा बजार बनबासामा भारतीयहरुले नेपाली मोटरसाइकलहरुमा तोड फोड गरिरहेका छन् भने भारतीय प्रहरीले भारतीय नम्बरका गाडीहरुलाई नेपाल जान रोक लगाएको छ । 

यस विषयमा सीमा गडाचौकी का सई गोकुल बलायरले सीमामा पैदल आवागमन भइरहेको र भारतीय प्रहरीले भारतबाट सवारी साधन आउन नदिएको जानकारी दिनुभयो । 

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विर ब. थापा (पातल) ले एक प्रेस विज्ञप्ती जारी गर्दै दोशीलाई कार्वाही गर्नु पर्ने र मृतक गोविन्द गौतमको परिवारलाई क्षतिपुर्ती दिनुपर्ने तथा मृतकलाई सहिद घोषणा गर्नु पर्ने माग गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो