२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आन्दोलनले कञ्चनपुर तनावग्रस्त

२०७३, २७ फाल्गुन शुक्रबार ०७:३४

भास्कर के.सी./फागुन २७, महेन्द्रनगर । बिहिबार कञ्चनपुरको पुर्नवासमा भारतीय एसएसबी को गोली लागेर एक नेपालीको मृत्यु भए पछि जिल्ला तनाव ग्रस्त भएको छ । 

बन्दका कारण बजार बन्द गरिएको छ, यातायात ठप्प पारिएको छ । 

घटनाको विरोध गर्दै मोओवादी केन्द्र ले प्रदेश नं. ७ बन्दको आव्हान गरेको हो । बन्दको अवज्ञा गरेको भन्दै मोटरसाइकलमा आएर केही विद्यार्थीहरुले भारतीय नागरिकले स्थानीय बजारमा गर्दै आएको ब्यापार केन्हरुमा समेत तोडफोड गरेका छन् । 

आन्दोलनकारीले जिल्ला प्राविधिक कार्यालयमा तोडफोड गरेका छन् भने म१ब १५१ नम्बरको सरकारी कार्यालयको मोटरसाइकल समेत तोडफोड गरेका छन् । सिडिओ कार्यालय मा नाराजुलुस गर्दै बजारका बिभिन्न स्थानमा जाराजुलुसका साथै टायर जलाएर बिरोध जनाएको छन् भने जिल्ला यातायात कार्यालयमा समेत तोडफोड गरेका छन् ।

बिहिबार नै विद्यार्थीहरुले भारतीय नम्बरको मोटरसाइकलमा आगजानी गरेका छन् भने केही गाडीहरुमा तोडफोड समेत गरेका छन् । उता भारतीय सीमा बजार बनबासामा भारतीयहरुले नेपाली मोटरसाइकलहरुमा तोड फोड गरिरहेका छन् भने भारतीय प्रहरीले भारतीय नम्बरका गाडीहरुलाई नेपाल जान रोक लगाएको छ । 

यस विषयमा सीमा गडाचौकी का सई गोकुल बलायरले सीमामा पैदल आवागमन भइरहेको र भारतीय प्रहरीले भारतबाट सवारी साधन आउन नदिएको जानकारी दिनुभयो । 

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विर ब. थापा (पातल) ले एक प्रेस विज्ञप्ती जारी गर्दै दोशीलाई कार्वाही गर्नु पर्ने र मृतक गोविन्द गौतमको परिवारलाई क्षतिपुर्ती दिनुपर्ने तथा मृतकलाई सहिद घोषणा गर्नु पर्ने माग गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस