फागुन २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित भएको जनताको अधिकार जनताको घर घरमा पु¥याउन स्थानीय तहको निर्वाचन अति आवश्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित भएको जनताको अधिकार जनताको घर घरमा पु¥याउन स्थानीय तहको निर्वाचन अति आवश्"/>

2026-07-24 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताको अधिकार स्थापित गर्न निर्वाचन: प्रधानमन्त्री


फागुन २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित भएको जनताको अधिकार जनताको घर घरमा पु¥याउन स्थानीय तहको निर्वाचन अति आवश्यक भएको बताउनुभएको छ । 

थकाली जातिको महान् संस्कृतिक चाड तोरन्ल २०७३ को आज यहाँ शुभारम्भ गर्दै उहाँले भन्नुभयो– “संविधान कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न स्थानीय तहको निर्वाचन घोषणा भएको हो ।” 

प्रधानमन्त्री प्रचण्डले मधेसका जनताका मागलाई सम्बोधन गरेर मुलुकलाई एकताबद्ध बनाएर देशमा स्थायित्व र समृद्धि ल्याउनुपर्छ भन्दै त्यसका लागि सबै नेपालीको साथ आवश्यक भएको बताउनुभयो । 

मुलुक चुनौती र अवसरका बीचमा उभिएको चर्चा गर्दै उहाँले लामो समयपछि समावेशी र समानुपातिक संविधान घोषणा भएको र त्यसलाई फराकिलो बनाउन संविधान संशोधन आवश्यक रहेको छ भन्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले न्याय, समानता र स्वतन्त्रताका लागि निरन्तर लड्न तयार थकाली जातिको धर्म संस्कृतिको जगेर्नाका लागि आफूले अथक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि सरकारको तर्फबाट आर्थिक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ८७ वर्षका उमेरमा संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा चढ्ने तयारीमा रहनुभएका आरोही मीनबहादुर शेरचनलाई सम्मानसहित शुभकामना व्यक्त गर्नुभयो । 

तोरन्लमा थकालीहरुले तीन दिनसम्म आ–आफ्ना पितृलाई सम्झने गर्छन् । प्रायः सबै जनजातिले आ–आफ्ना चाडका अवसरमा सार्वजनिक बिदा पाएको उल्लेख गर्दै उनीहरुले तोरन्लका अवसरमा बिदा दिनुपर्ने माग गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक