फागुन २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट बिहीबार एक नेपालीको मृत्यु भएको घटनालाई सरकारले गम्भीर रुपम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट बिहीबार एक नेपालीको मृत्यु भएको घटनालाई सरकारले गम्भीर रुपम"/>
2026-09-19 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर घटनाप्रति सरकार संवेदनशील छ: प्रधानमन्त्री

फागुन २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट बिहीबार एक नेपालीको मृत्यु भएको घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको छ । 

कञ्चनपुरको पुनर्वासमा मृत्यु भएका गोविन्द गौतमको सम्बन्धमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको नेकपा (माओवादी केन्द्र) ७ नं प्रदेशको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले नेपाल एक स्वतन्त्र र स्वाभिमानी राष्ट्र भएकाले स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताउनुभयो । 

प्रधानमन्त्रीले दाहालले भन्नुभयो – “घटनाको गम्भीर रुपले छानबिन हुन्छ र दोषीमाथि कारबाही हुन्छ, यसमा सरकार गम्भीरमात्रै होइन, निकै संवेदनशील छ ।” 

यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले लगातार कूटनीतिक संवाद गरिरहेको तथा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयबाट विज्ञप्ति जारी गरेर घटनाप्रति खेद प्रकट गरिएकोपनि उहाँले बताउनुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो – “कञ्चनपुर घटनामा सरकारले ध्यान दिएन भन्ने प्रचार पूर्णतः गलत हो, घटना घटेलगत्तै भारतीय दूतावासका कर्मचारी बोलाएर मैले घटनाको अनुसन्धान र कारबाहीका लागि निर्देशन दिएको छु ।” 

सो घटनाका विषयमा आज नै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्मा सम्बोधन गर्नेसमेत प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो । 

उहाँले नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो, यसको स्वाभिमानमाथि हुने कुनै पनि हस्तक्षेप र आक्रमण मान्य नहुने स्पष्ट पार्दै “कञ्चनपुरको स्थितिका बारेमा मैले लगातार स्थानीय प्रशासन र राजनीतिक दलका नेताहरुसँग कुरा गरिरहेको छु, गोविन्द गौतमलाई सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छ, परिवारलाई तत्काल रु १० लाख राहत र गौतमका दुई छोरीको शिक्षादीक्षाको व्यवस्था सरकारले गर्ने निर्णय गरिएको छ भन्नुभयो । 

माओवादी केन्द्रका ७ नं प्रदेशका इन्चार्ज लेखराज भट्टद्वारा बुझाएको ज्ञापनपत्रमा स्व गौतमलाई राष्ट्रिय सहिद र सम्मान गर्न, मृतकका परिवारलाई रु ५० लाख राहतको व्यवस्था गर्न, घाइतेहरुको निःशुल्क उपचार गर्न, दोषीहरुमाथि अन्तर्राष्ट्रिय अदालतमा गएर भए पनि सजाय गर्न, गौतमको शालिक स्थापना गर्न, परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो