फागुन २७, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा कल्भर्ट निर्माणको विषयलाई लिएर नेपाली र भारतीयबीच बिहीबारदेखि सुरु भएको दोहोरो झडप आज पनि बिहानैदे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २७, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा कल्भर्ट निर्माणको विषयलाई लिएर नेपाली र भारतीयबीच बिहीबारदेखि सुरु भएको दोहोरो झडप आज पनि बिहानैदे"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको पुनर्वास क्षेत्र तनावग्रस्त

२७ फाल्गुन २०७३, शुक्रबार १०:३८


फागुन २७, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा कल्भर्ट निर्माणको विषयलाई लिएर नेपाली र भारतीयबीच बिहीबारदेखि सुरु भएको दोहोरो झडप आज पनि बिहानैदेखि जारी छ । 

नेपालतर्फ सशस्त्र र जनपद प्रहरीले स्थानीयवासीलाई बिहानैदेखि निगरानीमा राखिरहेको भए पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । 

त्यसैगरी, भारततर्फ खटिएको सीमा सुरक्षा बल एसएसबीले स्थिति नियन्त्रणमा लिन बिहानदेखि अहिलेसम्म ५० राउन्डभन्दा बढी अश्रुग्यास सेल प्रहार गरिसकेको छ । 

बिहीबार नेपाली भूमिमा निर्माण गरिएको कल्भर्ट भारतीय नागरिकले भत्काइदिएपछि विवाद सुरु भएको थियो । सो क्रममा भारतीय एसएसबीले गोली चलाउँदा पुनर्वास नगरपालिका वडा नं ८ का गोविन्द गौतमको मृत्यु भएको थियो । 

सो घटनालाई लिएर आज बिहानैदेखि कारगिल डाँडामा पाँच हजारभन्दा बढी नेपाली भारतविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । दुईपक्षबीच झडपको स्थिति सिर्जना हुन नदिन नेपाल र भारत दुवैतर्फ ठूलो सङ्ख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो