फागुन २८, काठमाडौं । कञ्चनपुर गोलीकाण्डको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा एका बिहानै दुई वटा भारतीय गाडिमाथि तोडफोड र "/>
फागुन २८, काठमाडौं । कञ्चनपुर गोलीकाण्डको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा एका बिहानै दुई वटा भारतीय गाडिमाथि तोडफोड र "/>
फागुन २८, काठमाडौं । कञ्चनपुर गोलीकाण्डको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा एका बिहानै तीन वटा भारतीय गाडिमाथि तोडफोड र आगजनी भएको छ ।
बन्दकर्ताहरुले राजधानीमा बिहानै बन्दको अवज्ञा गरेको भन्दै कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरेका छन् । यूपी ६५ एएम ०६५७ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
यस्तै बन्दकर्ताले एचपी ६४ ५०६६ नम्बरको भारतीय गाडी गोंगबु बसपार्क नजिकै तोडफोड गरेका छन् । यसैगरी राजधानीको पुरानो बानेश्वरस्थित भेनस अस्पताल पछाडि बी आर ३१ जे ११३० नम्बरको गाडीमा तोडफोड तथा आगजनी गरेको जनाइएको छ ।
बन्दका कारण काठमाडौंका सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् । कञ्चनपुरको आनन्द बजार पुनर्वास क्षेत्रमा भारतीय एसएसबीले मच्चाएको हत्या आतंकको विरोध गर्न नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आव्हान गरेको छ ।