Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भ्यानको ठक्करबाट वृद्धाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/544917fcba75f2bf97624d57f9424b671489226260.jpg" style="float: left;"><b>फागुन २८, दमक । </b>पिकअप भ्यानको ठक्करबाट झापाको लखनपुरमा आज दिउँसो एक पैदलयात्रीको ज्यान गएको छ ।&nbsp;<br></p><p>गौरादहस्थित कनकाई ग्यास उद्योगको मे १ च ३७३६ नं को पिकअप भ्यानले लखनपुर–१ की ७३ वर्षीया मनमायाँ अधिकारीलाई पाडाजुङ्गी–गौरीगञ्ज सडक खण्डको लखनपुर–३ मा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।&nbsp;</p><p>ठक्करबाट सख्त घाइते भएकी वृद्धाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इप्रका दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले बताउनुभयो । प्रहरीले मृतकको शव परीक्षणका लागि मङ्गलबारे अस्पतालमा लगिएको तथा ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस&nbsp;</p>