फागुन २८, कञ्चनपुर । कञ्चनपुरको पुनरवास नगरपालिका—८को आनन्द बजार क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले आज बिहान १० बजेदेखि साँझ ७ बजे सम्मका लागि निषेधित क्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २८, कञ्चनपुर । कञ्चनपुरको पुनरवास नगरपालिका—८को आनन्द बजार क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले आज बिहान १० बजेदेखि साँझ ७ बजे सम्मका लागि निषेधित क्ष"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आनन्द बजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

२८ फाल्गुन २०७३, शनिबार १०:१५


फागुन २८, कञ्चनपुर । कञ्चनपुरको पुनरवास नगरपालिका—८को आनन्द बजार क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले आज बिहान १० बजेदेखि साँझ ७ बजे सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । 

आनन्द बजार छेउको बाटोमा कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले बाधा अवरोध पु¥याउँदै चलाएको गोली लागेर पुनरवास नगरपालिकाका गोविन्द गौतमको विहिबार मृत्यु भएको घटनापछि उत्पन्न अशान्तिलाई मध्यनजर गरी आनन्द बजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नु परेको प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बताउनु भयो । 

आनन्द बजार चोक देखि पूर्व,पश्चिम,उत्तरमा पाँच÷पाँच सय मिटर सम्म र दक्षिणमा नेपाल —भारत सीमा सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खनालले बताउनु भयो । 

निषेधित क्षेत्र घोषणापछि तोकिएको क्षेत्रमा समुह बनाएर हिड्न र प्रदर्शन गर्ने लगाएतका गतिविधि गर्न पाईंदैन । 

घटनामा मृत्यु भएका गौतमको शव परिवारले बुझेर आजै कञ्चनपुरको दोदा नदीमा अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । सरकारले गौतमलाई सहिद घोषणा गरिसकेको छ ।गौतमको शव सेती अञ्चल अस्पतालको शव गृहमा राखिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो